रामकृस्ण कंडेल,वामीटक्सार। माघ१९ गुल्मी मुसिकोट पर्यटन,औधोगिक ब्यापार एवं सास्कृतिक महोत्सव वामी टक्सारमा चलिरहेको छ।महोत्सब माघ१५गते शुरू भई२६गते सम्पन्न हुने छ।पहिलो पटक आयोजित महोत्सब लाई सफल बनाऊन के कसो गर्नु पर्ला भन्ने बिषयमा मुसिकोट नगरपालिकामा जन्मनु भई बिदेशमा कार्यरत बौध्दिक ब्यक्तित्व हरूको ‘मुसिकोट महोत्सब’प्रतिको धारणा प्रस्तुत गर्न गईरहेका छौ। वामी बिस्व सम्पर्क मन्च,अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष डा.इश्वरी पान्डे अमेरिकामा हुनुहुन्छ।डाक्टर साप यस महोत्सबको सन्दर्भमा लेख्नुहुन्छ’गुल्मी वामी-टक्सारमा माघ१५ देखी प्रथम मुसिकोट औद्योगिक एबम ब्यापार मेलाको भव्यरुपमा सुभारम्भ भएको छ।
यो महोत्सव समस्त मुसिकोट नगरीको कृषि, उद्द्यमशीलता, इतिहास, कला, संस्कृती तथा भेशभुषाको पहिचान र सम्वर्धनमा कोशेढुङ्गा साबित हुन सकोस भन्दै यस मंचका सकल सदस्य एबम पदाधिकारीका तर्फ देखी हार्दिक मंगलमय शुभकामना’ बैकुन्ठ रायमाझि वामी बिस्व सम्पर्क मंच नौमती महोत्सब सांस्कृतिक समितिका संयोजक हुनुहुन्छ।चेक बाट बैकुन्ठ महोत्सब संबन्धमा यसो भन्नुहुन्छ”उद्योग बाणिज्य संग को आयोजनामा मु.न पा को केन्द्र वामीटक्सार मा हुन गैरहेको पहिलो महॉउत्सब (महोत्सब )ब्यापार मेला भब्य सभ्य तरिकाले सम्पन्न होस् हामि कामना गर्न चाहन्छौ।यो एउटा अबसर हो जुन हाम्रो इतिहास मा हाम्रो वामी मा पहिलो पटक हुदै छ हामि वामिली हरु को गर्ब को कुरा हो र यस लाइ सबै ले सकारात्मक नजर ले हेर्दै विभिन्न तह तक्ता बाट सफल पार्नको लागि सकारात्मक भूमिका खेलौ यहि आव्हान गर्न चाहन्छौ’ सुरेश के सी यतिखेर ब्यबसाय सन्चालनको क्रममा जापानमा रहनु भएको छ।
वामी सेवा समिति जापानको बिभिन्न पदमा रहि वामी क्षेत्रको बिकासको लागि अनभरत रूपमा लागि पर्नु भएका बिकासप्रेमी युवा सुरेश के सी महोत्सबको बारेमा लेख्नुहुन्छ”सन्दर्भ मुसीकोट महोत्सव (१) पहीलो पटक आफ्नै जन्म भुमीमा आयोजना गरीएको मुसीकोट महोत्सवको भव्य सफलताको शुभ-कामना ब्यक्त गर्न चाहान्छु। (२) महोत्सव कुन उदेश्य सहीत गर्न लागीएको हो त्यो उदेश्य प्राप्त गर्नको लागी आयोजक संस्था सजग रहोस जस्ले गर्दा आगामी बर्षहरूमा पनी यस खाले महोत्सवले निरन्तरता पाई रहोस ।
(३) स्वभाविक रूपमा राष्ट्रीय सभाका अध्यक्ष ज्यूको प्रमुख आतिथ्यबाट उद् घाटन भएको यस महोत्सवले घर,देश र परदेशमा रहेका यस क्षेत्रका जनमानसको चासो र सरोकार मातृभुमी प्रती आकर्षित भएको छ।(४) महोत्सव आयोजना गर्दैगर्दा स्थानिय स्तरमा उत्पादन गरेका सामाग्रीहरू (जस्तै कृषी जन्य,पशुपालन,वाँ अन्य )पर्दशनी गरी उत्पादकहरूलाई प्रोत्साहन र अभिरुचि बृद्वी गर्नमा महोत्सवले भुमिका खेल्न आवश्यक देखीन्छ।मुसीकोटको अर्गानिक चिज लाई पहीचान गर्दै स्थापित गराउनु नै महोत्सवको पहीलो सफलता हो जस्तो लाग्छ(५) मुसीकोट नगर को पर्यटन क्षेत्र ,सांस्कृतिक क्षेत्र, धार्मिक क्षेत्र, लाई उजागार गर्नमा महोत्सवको ध्यान केन्द्रीत हुनु पर्छ जस्तो लाग्छ
(६) हाम्रा जात,जाती धर्म ,संस्कृती अथवा बिबिधता मा रहेको समाजलाई एकतामा बाध्नलाई कला,सस्कृती, र परम्परा लाई संबर्द्वन र पर्बर्द्वन गर्न का लागी संदेश मुलक कार्यक्रम महोत्सवले दिन सकोस (७) आयोजक संस्था उद्योग बाणीज्य सँग आफै आयोजक हुदै गर्दा स्थानिय स्थरमा उस्ले संचालन गरेका उद्योग बाट उत्पादन भएका सामाग्री लाई पर्दशनीमा राख्न सक्यो भने भन्छन नी सुनमा सुगन्ध थपीने थियो (८) जापानमा हामीले देखेको र भोगेको कुरा आफ्ना कार्यक्रम हरू गर्दै गर्दा अरूलाई डिस्ट्रव हुनु हुदैन र गर्दैनन तर हामीले बिद्यार्थी को पढन पाठनलाई प्रभावित हुने गरी बिद्यालय नै बन्द गरी महोत्सव आयोजना गरेका छौ ।
त्यो चाही स्वभाबिक लाग्न सकेन।हामीले हाम्रा कार्यक्रमहरू आयोजना गर्दै गर्दा त्यस तर्फ पनी सुधार गर्दा कसो होला ? अन्त्यमा बिकाश र समृद्वीको यात्रामा मुलुक लागेको अबस्थामा एक ब्यक्ती वा समुह बाट मात्रै सम्भावना छैन।यस महान अभियानलाई सफल बनाउनको लागी आ-आफ्नो क्षेत्रबाट सृजनशील र सृजनशिलतालाई प्रोत्साहन गरौ ।महोत्सव आयोजक संस्थालाई हार्दिक धन्यबाद “। वामी सेवा समिति जापानको बिभिन्न जिम्मेवारीमा रहि मुसिकोट नगरपालिका भित्र परिबर्तनको बाहकको रूपमा चर्चित नाम हो दिलिप थापा।दिलिप थापाको यस महोत्सबको बारेमा जापान बाट ब्यक्त धारणा यस्तो रहेको छ:सर्ब प्रथमत प्रथम गुल्मी मुसिकोट महोत्सव को भब्य सफलताको कामना गर्दछु । बाध्यताबश परदेशी हुनु परे पनि तन र मन सबै आफ्नै मातृभूमि प्रति हुने गर्दछ ।
अझ यसै माथी यस्ता गौरबका कार्यक्रम हरु को आयोजना ले हाम्रो मुसिकोट नगरपालिका को देश बिदेशमा छुटै किसिमको पहिचान र गर्बको आभास भयको छ।पुरानो सँस्कृति,रितिरिबाज र पुराना पहिचान कृषी,पर्यटन तथा आधुनिकीकरण लाई प्रबदन गर्दै आन्तरिक तथा बाह्य पर्यटक हरुलाई मुसिकोट नगरपालिका मा भित्रिने बाताबरण मिलाउन सकियो भने मात्र आयोजित कार्यक्रम हरु सार्थक हुन जान्छन। अन्त्यमा,पुन कार्यक्रम को सफलताको कामना गर्दै यस कार्यक्रमको आयोजना गर्ने गुल्मी वामी उधोग बाणिज्य संघ तथा मुसिकोट नगरपालिका लाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
धन्यबाद दिलिप थापा,वामी सेबा समिति,जापान। मुनपा८घर भई लामो समय देखि अस्ट्रेलिया बसोबास गर्दै आऊनु भएका टंक कंडेलको महोत्सब संबन्धमा मितब्यिता लाई ध्यान दिन जरूरी रहेको सुझाब छ।अस्ट्रेलिया बाट ब्यक्त बिचार यस्तो रहयो”सबै साथि भाइ हरुलाई नमस्कार मेरो यो कुराले गलत अर्थ नलागो सबै हाम्रा समाझका प्रतिनिधि हरू र हामि सर्बसाधारण ले पनि बुझ्नु पर्ने बेलाहैनर कुनै पनि कार्यक्रम गर्दा राज्यलाइ पनि भार नपर्ने गरि गर्दा राम्रो हुनेथियो हैनर मन्त्री ज्यु लाई हेलिकप्टर मार्फत बोलाएर उद्घाटन गर्दा भब्य हुन्छ भन्ने भ्रम नराखे राम्रो हुनेथियो।राज्यको लाखौं रुपैया खर्चगराई एउटा मन्त्री बाट उद्घाटन गर्दैमा हाम्रो सान बढ्ने त पक्कै हैन होला बरु हाम्रो समाझमा सधै