कोहि पनि मानिस भोको रहन नपरोस:सभासद के सी।

कोहि पनि मानिस भोको रहन नपरोस:सभासद के सी।

Badigad Online
2 Min Read

रामकृस्ण कंडेल,महोत्सब स्थल,माघ१९ मुसिकोट नगरपालिका भित्र कोहि पनि मानिस भोको,घरबार बिहिन,नांगो र बेरोजगार हुन नपरोस।गुल्मीको वामीटक्सारमा आयोजित मुसिकोट महोत्सबमा पॉचौ दिनका प्रमुख अतिथि खड्क के सी ले उक्त कुरा बताऊनु भएको हो।महोत्सबमा मन्तब्य राख्दै नगरपालिकाको केन्द्रमा महोत्सब आयोजना गरेर आयोजक हरूले राम्रो कामको थालनी गरिएको बताऊनु भयो।मुसिकोट नगरपालिका भित्र बसाई सराई र बैदेशिक रोजगारीको कारण नकारात्मक सन्देश जान लागेको छ भन्दै प्रदेश सभासद के सी ले नगरबासी हरू लाई यसै ठॉऊमा बसिरहने बाताबरण बनाऊन सरकारले सक्दो सहयोग गर्ने बताऊनु भयो।संस्कृतिको संरक्षण गर्न सक्यौं भने देशको आर्थिक स्थिती बृध्दी गर्न सकिने बताऊनु भयो।

मन्तब्यको क्रममा वामी क्षेत्रमा नेवार,मगर,कुमाल जातीका संस्कृती हरू लाई बचाऊन सकियो भने मुसिकोट बासी हरूको पहिचान बच्ने बताऊनु भयो।प्रमुख अतिथि के सी ले स्वारा,दजाकोट,मालारानी,मौरीभीर लगायतका क्षेत्र हरू लाई होम स्टेको रूपमा बिकास गरौ भन्नु भयो।उहाले मन्तब्यको क्रममा उहॉले भन्नु भयो,यो नगरपालिका बिबिधायुक्त नगरपालिका हो।हामिले महोत्सब मार्फत यहॉका डम्फु,मादल,संस्कृति समेत जोगाऔ भन्नु भयो।

कार्यक्रमका अतिथि नेपाली कॉग्रेसका मुसिकोट नगरपालिका छायॉ सरकार प्रमुख झबिराम भन्डारीले महोत्सब उत्पादन संग जोडेर अगाडि जानु पर्ने कुरामा जोड दिनु भयो।नेपाली कॉग्रेस मुसिकोट नगरका युवा नेताको रूपमा परिचित भन्डारीले एक फरक प्रसंगमा मुसिकोट नगरपालिका हामी सबैको हो भन्ने भावना जागृत गराऊनु पर्नेमा जोड दिनु भयो।प्रखर बक्ता भन्डारीले महोत्सब लाई सफल पार्न सक्दो सहयोग गर्ने बताऊनु भयो।

कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका सनबहादुर रानाले महोत्सब सफल पार्न सक्दो सहयोग गर्नु पर्ने बताऊनु भयो।कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटा,आर्थिक संयोजक प्रकाश काफ्ले,वार्डनं८का वार्ड अध्यक्ष नारायण सापकोटा,नेपाली कॉग्रेस गुल्मी सचिब बिस्णु कुमारी सापकोटा,नेपाली कॉग्रेसका मुसिकोट नगरपालिका छायॉ सरकार प्रमुख झबिराम भन्डारी,रास्ट्रिय कलाकार बमबहादुर कार्की,महेन्द्र आदर्श मा बि वामीटक्सारका पूर्ब प्रधानाध्यापक भिमलाल सापकोटा,प्रिती आले,राशि रिजाल,गोबिन्द बि सी,कमल बराल लगायतको बिशेष उपस्थिति रहेको छ। कार्यक्रम महोत्सबका संयोजक सुदर्शन शाक्यको अध्यक्षता र गोपिकृस्ण खरेल र राशि रिजालको सन्चालनमा कार्यक्रम चलिरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित