भाषण थोरै मनोरञ्जन धेरै गर्रौं-सचिब बिस्णु सापकोटा।

भाषण थोरै मनोरञ्जन धेरै गर्रौं-सचिब बिस्णु सापकोटा।

Badigad Online
3 Min Read

रामकृष्ण कंडेल –  गुल्मी मुसिकोट पर्यटन,औधोगिक ब्यापार एवं सास्कृतिक महोत्सव वामी टक्सारमा चलिरहेको छ।माघ२६गते सम्पन्न हुने पहिलो पटक आयोजित महोत्सब लाई सफल बनाऊन के कसो गर्नु पर्ला भन्ने बिषयमा मुसिकोट नगरपालिका७मा जन्मनु भई नेपाली कॉग्रेस जिल्ला कार्य समिति गुल्मी को सचिब जस्तो गरिमामय पदमा कृयाशिल नेतृ हुनुहुन्छ बिस्णु कुमारी सापकोटा।मुसिकोट महोत्सबमा भाषण थोरै मनोरञ्जन धेरै गर्नु पर्छ भन्ने धारणा जिल्ला सचिब सापकोटाको रहेको छ।महोत्सब प्रति सचिब सापकोटाको धारणा प्रस्तुत गर्न गईरहेका छौ। जिल्ला सचिब बिस्णु कुमारी सापकोटा लेख्नुहुन्छ:”प्रथम गुल्मी मुसिकोट पर्यटन सास्कृतिक औद्योगिक ब्यापार महोत्सव २०७६ ले आज पाचौं दिन सफलता पुर्बक सम्पन्न भएको छ ।

यसलाई अझै ब्यबस्थित गर्नका लागि सबै मुसिकोट बासी हामी देश बिदेश जहाँ कतै रहनुहुने बस्नुहुने हाम्रा बुवा आमा दाजु भाइ दिदी बहिनी हरु सम्भब हुनेहरु प्रत्यक्षदर्शीका रुपमा उपस्थिति भएर हाम्रो कला सङ्गीत सस्कृती उद्योग उत्पादन ब्यापार र यस्को महत्त्व र आबस्यक्त्ता लाई अबलोकन सहयोग गरेर मुसिकोट्लाइ नेपाल मा नै चिनाउन राहत पुग्नेछ ।मनभरी माया र चिन्ता हुँदा हुदै पनि अनेक बाद्यता र बिबसताले उपस्थित हुनका लागि चाहेर पनि प्रत्यक्ष उपस्थिति हुन नसक्ने वैदेशिक रोजगारमा पुग्नु भएका लागि बिदेशीएका थुप्रै थुप्रै हाम्रा दाजुभाई दिदी बहिनीहरु लगायतले आ आफ्ना परिवारका सदस्यहरुलाइ सके त १२ दिन नै नसके कम्तीमा २ / ३ पुगिदिनु भनिदिनु भयो भने पनि शह्भागितामा वृद्धि हुनेछ जस्ले सबैमा थप हौसला र प्रेरणा दिनेछ ।

मुसिकोट हामी सबै मुसिकोट बासिको मात्र नभएर नेपाल कै एक महत्त्वपूर्ण भुमि हो भन्ने कुरा गराउनका लागि यसलाई नेपालभरी नै चिनाउन लागि हामी सबैको उत्तिकै दाइत्व हुन्छ ।यतिबेला बादबिबादका कुराहरू बिल्कुल गर्नु हुँदैन ! धन र मन दुबै कुरा महत्त्वपूर्ण कुरा हुन् । पैसा नभै नहुने कुरा हो ता पनि पैसा मात्र सबथोक पनि होइन ! पैसाले समय लाई किन्न सक्दैन भन्ने कुरा को चेतना सबैभन्दा ठुलो कुरा हो।कामाउनेले खर्च पनि गर्न हिच्किचाउनु हुदैन ।किनकि जीवन को भरोसा छैन भन्ने कुरा सत्य हो । मु न पा भित्रका सबै क्षेत्र बर्ग दल संघ सस्थाहरुको यो एकता कायम रहेमा अबस्य भोलि पनि कुनै समस्या रहने छैन । महोत्सवमा खटिनुभएका सबै समिति उपसमितिले आ आफ्नो जिम्मेवार लाई राम्रो संघ समाल्न सके मात्र पनि काफी हुनेछ ! हाम्रा बाहिर बाट आउने अतिथि पाउनाहरु लाई राम्रो ख्याल राख्न पनि जरुरी छ । भाषण थोरै मनोरञ्जन धेरै गर्नु पर्छ।”

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित