महोत्सबले नबिनतम बिकासको झल्को दिएको छ:सम्पादक कलश खरेल।

महोत्सबले नबिनतम बिकासको झल्को दिएको छ:सम्पादक कलश खरेल।

Badigad Online
1 Min Read

नमूना नेपाल डट.कम,पोर्चुगलका सम्पादक कलश खरेल ‘गुल्मी मुसिकोट महोत्सवको आयोजना हुनु गर्बको बिषय हो’भन्नुहुन्छ।मुनपा५आपचौरमा स्थायि ठेगाना भई लामो समय देखि पत्रकारिता क्षेत्रमा ब्यस्त,सफल र निर्भिक पत्रकार कलश खरेल महोत्सब बारे यसो लेख्नु हुन्छ:’इतिहासमा पहिलोपटक गुल्मीको वामीटक्सारमा गुल्मी मुसिकोट महोत्सवको आयोजना हुनु सम्पुर्ण गुल्मीबासिको लागि गर्बको बिषय हो।

यस महोत्सवले स्थानिय परम्परा ,कला,सस्कृतिलाई थप प्रचार गरि आन्तरिक तथा बाहय प्रयटन प्रबर्द्धनमा ठोस टेवा पुर्याउने छ भन्ने सन्दर्भमा हामी बिस्वस्त छौ।यस्ता खालका नमूना कार्यले मुसिकोट नगरबासिलाई नबिनतम बिकासको एक झल्को पक्कै दिएको छ।सुखी नेपाली ,समृद्ध नेपाल भन्ने नारा बर्तमान सरकारले अघि सारिरहेको सन्दर्भमा कम्तीमा त्यो नारा यथार्थमा रुपान्तरण गरी मुसिकोट नगरपालिकाबाट सुरुवात होस भन्ने शुभकामना पनि छ।

आगामी दिनमा मुसिकोट नगरपालिकाले यस्तै रचनात्मक एवम् श्रीजनात्मक कार्यलाई निरन्तरता दिदै साच्चिकै मुसिकोट नगरबासिको सेवक बनोस हृदयदेखि शुभकामना।अन्त्यमा मेरा केही भनाइहरु राख्ने शुभअबसर प्रदान गर्नुभएकोमा महोत्सव आयोजक सदस्य एवम् विशेषगरि बडिगाड अनलाईनका निर्देशक जिवन पाण्डे,बरिष्ठ प्रतिनिधि रामकृष्ण कंडेल ज्युलाई हार्दिक आभार ब्यक्त गर्दछु। सम्पादक कलश खरेल,नमूना नेपाल डट.कम,पोर्चुगल

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित