सरकारले भ्रष्टाचारविरुद्ध हमाला शुरु गर्यो:मन्त्री ज्ञवाली।

सरकारले भ्रष्टाचारविरुद्ध हमाला शुरु गर्यो:मन्त्री ज्ञवाली।

Badigad Online
1 Min Read

रामकृष्ण कंडेल – नेपाल सरकारका पराराष्ट मन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)स्थायी कमिटी सदस्य प्रदिप कुमार ज्ञवाली गृह जिल्ला गुल्मीमा आयोजित कार्यक्रम हरूमा ब्यस्त रहनु भएको छ।स्वाथ्य विमा बोर्ड उद्घाटन गर्ने,बिधालय भवन ऊदघाटन,निर्बाचन क्षेत्र भ्रमण,कार्यकर्ता भेटघाट,प्रशिक्षण लगायतका महत्वपुर्ण कार्यक्रममा शहभागी हुन मन्त्रि ज्ञवाली गृह जिल्ला गुल्मीमा ब्यस्त रहनु भएको छ।आज सदरमुकाम तम्घासको जिल्ला समन्वयको सभाहलमा प्रेस संगठन नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले सरकारले भ्रष्टाचारविरुद्ध हमाला शुरु गरेको बताऊनु भएको छ।

जनताको बिचको लोकप्रियता र केहि ठुला सस्थाहरुको मुल्यांकनका आधारमा आर्थिक बृद्दिदर, शुशासन, शान्ति सुरक्षा र लगानीका हिसाबले नेपाल धेरै अगाडि बढेको बताऊनु भएको छ।मन्त्रि ज्ञवालीले नेपालको कुटनैतिक माध्यमबाट जमिनको हक कायम गर्ने समेत बताऊनु भएको छ। आजै भगवती मा वी सिमीचौरको नबनिर्मीत भवन ऊदघाटन कार्यक्रमा मन्त्री ज्ञवाली सहभागी हुनु भएको बताईएको छ।मन्त्री ज्ञवाली केहि दिन गुल्मीमै रहने बताईएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित