रामकृस्ण कंडेल – नेकपाको हालै सम्पन्न केन्द्रिय समितिको बैठकले ‘अमृत निकालेको’नेकपा स्थायि कमिटि सदस्य तथा पररास्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवालीले बताऊनु भएको छ। गृह जिल्ला गुल्मीमा नेपाल कम्युनिस्ट पार्टि (नेकपा)ले मदन आश्रीत भवन तम्घासमा आज बिहान आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रशिक्षण मन्तब्यको क्रममा स्थायि कमिटि सदस्य ज्ञवालिले पार्टि एकिकरणको प्रसंगमा ‘साना साना झुन्ड हरूले पार्टि एकता मनपराएका थिएनन,निकै समस्याको बाबजुद पार्टि एकता सफल भएरै छाड्यो’।’धेरैले केन्द्रिय समितिको बैठक पश्चात पार्टि संकटग्रस्त रहोस,धमिलो पानीमा माछा मार्न पाईयोस भनेर धुप हालेका थिए,त्यो सफल हुन दिएनौ’ ज्ञवालीले बताऊनु भयो।’समाज बर्गिय छ भन्दै समाजको बर्गिय सापेक्षताको आधारमा अगाडि बढ्न जरूरी रहेको बताऊनु भयो।
जिबन्त पार्टिमा लोकतन्तान्त्रिक अभ्यास हुन जरूरी रहेको बताऊनु भयो।समाजका अन्तर बिरोध हरू भत्काऊनु पर्छ भन्दै स्थायि कमिटि सदस्य ज्ञवालीले बाद बिबाद र संबाद लाई अगाडि बढाऊन जरूरी रहेको’बताऊनु भयो। हामि हरू भिन्न स्कुलिड०बाट आयौं,यस लाई एकरूपता ल्याऊनको लागी पार्टिले स्कुलिड०बिभाग लाई सकृय बनाऊने निर्णय भएको बताऊनु भयो।
पररास्ट्र मन्त्रि ज्ञवालीले पार्टिमा बहश हुन छोड्यो भने पार्टि बिघटनमा पुग्ने खतरा हुन्छ भन्दै पार्टिको केन्द्रिय समिति बैठकमा’असाध्यै जिबन्त छलफल गरिएको’ बताऊनु भयो। पार्टिको संगठन ढॉचाको क्रममा मन्तब्य राख्दै ज्ञवालिले’पार्टिको कार्य दिशाले सबै कुरा तय गर्छ।अब हामि हरूले लाखौं लाख मानिस हरूको मन जित्न जरूरी रहेको छ।हाम्रा मत हरू टिकाई राख्ने र थप मानिस हरूको मन जित्ने कार्य शैलि आबश्यक रहेको बताऊनु भयो’ पररास्ट्र मन्त्रिको भूमिकामा समेत रहनु भएका ज्ञवालिले जनप्रतिनिधि हरूको कार्य शैलिमा पार्टीको जिवन निर्भर रहेको छ भन्दै जनता हरूले पार्टि लाई दिने जती सबै दिए अब जनताको मन छुने गरी काम गर्न आग्रह गर्नु भयो।
एऊटा दार्शनिक दृस्टान्त पेश गर्दै पार्टि नेता कार्यकर्ता हरू समय सान्दर्भिक निर्णयका साथ अगाडि बढ्न नसके पार्टि असफल हुने खतरा रहेको बताऊनु भयो।मन्त्रि ज्ञवालिले ‘पार्टि भित्र प्रतिपक्षको भूमिका खेल्न नहुने साथै पार्टि र सरकार बिचको सम्बन्ध सुदृढ हुनु पर्ने’समेत बताऊनु भयो।संबोधनको क्रममा मन्त्रि ज्ञवालिले नेकपा लाई जन आधारित पार्टि बनाऊन आबश्यक रहेको प्रसंगमा ज्ञनालिको भनाई थियो’कार्यकर्ता पंक्ति र जनता बिचको सम्बन्ध सुदृढ गर्न जरूरी छ।जन आधारित कार्यकर्ता पार्टी बनाऔं’ पररास्ट्र मन्त्रि ज्ञवालिले एम सी सी को प्रसंगमा ‘नेपालको हितमा रहेको’बताऊनु भयो। केहि दिन अगाडि देखि पराराष्ट मन्त्री ज्ञवालि गुल्मीमा आयोजित कार्यक्रम हरूमा ब्यस्त रहनु भएको छ।
स्वाथ्य विमा बोर्ड उद्घाटन,बिधालय भवन ऊदघाटन,निर्बाचन क्षेत्र भ्रमण,कार्यकर्ता भेटघाट,प्रशिक्षण लगायतका महत्वपुर्ण कार्यक्रममा शहभागी हुन गुल्मी आऊनु भएका मन्त्रि ज्ञवाली आजै काठमान्डौ फर्किने पार्टिले जानकारी दिएको छ। मदन आश्रीत भवनमा आज बिहान आयोजित प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज दिनेश पन्थी ,पार्टीका प्रदेश कमिटि सदस्य हरू लगायत जिल्ला स्तरिय पार्टि नेता हरूको उपस्थिति रहेको थियो।पार्टि जिल्ला अध्यक्ष मधुकृस्ण पन्तको अध्यक्षता र सचिब बिरबहादुर कार्किको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।