जीवन पाण्डे, बाग्लुङ्ग – जिल्लाको पश्चिम क्षेत्र बडिगाड गाउपालिका वडा न. ५ धैरेनी भन्ने स्थानमा बिधुतको कुलोमा बगेर एक बालिका को नि*धन भएको छ । घर भन्दा अलिकती माथी बाट बगिरहेको ग्वालिचौर लघुजलविद्युत आयोजना को कुलोमा बगेर उनको नि*धन भएको प्रहरिले बताएको छ। बिहान करिव १० बजे भाडा पखाल्न कुलोमा हिडेकी आमा सङ्गै सिजन गएकी हुन । आमा भाडा पखाल्ने धुनमा व्यस्थ हुदा सिजनको ख्याल गर्नै पाइनन । ४ बर्षिय बालिका सिजन कुलोको आसपासमा खेल्दै गर्दा कुलोमा परेको हुनसक्ने प्रहरिले अनुमान गरेको छ ।
आमाले भाडा पखालिसकेपछि बल्ल उनको ध्यान सिजन तर्फ जान्छ तर सिजन त्यो स्थानमा हुदिनन । आफ्नो छोरी आसपासमा नदेखेपछि उनी आत्तिन्छिन र छिमेकी लाई गुहार्छिन । उक्त स्थानमा चितुवाले निकै सताउने जनप्रतिनिधी कोपिला परियार ले बताएकी छिन । छिमेकिले त्यो स्लेप लगाएको कुलोको आशंका नै नगरी चितुवाले लगेको हुन सक्ने अनुमान गरि जङ्गल तर्फ खोज्न जान्छन । केही समयपछी कुलोमा हिडिराखेकी स्थानीय निर्मला परियारले शव पानी जम्मा भएको स्थानमा फेला पार्छिन । सोही स्थानमा स्थानिय जम्मा भइ शवलाइ बडिगाड ०५, न्वारमा झार्छन र प्रहरीलाई खवर गर्छन ।
प्रहरी आएर दिउँसो करिव १ बजे शवलाइ पोस्टमार्टमका लागि बुर्तिवाङ प्राथमिक उपचार केन्द्रमा पठाएको बुर्तिवाङ इलाका प्रहरी कार्यलयका प्रमुख रिम बहादुर बैदवारले बडिगाड अनलाइनलाइ जानकारी दिनुभएको हो । शव बिर्तिवाङबाट फर्काइए पछी उनको बडिगाड खोला किनारमा अन्तिष्टि गरिदै गरेको बडिगाड ०५ का वडा सदस्य एबम समाजसेवी टीका काउचाले बताउनुभएको छ ।
त्यो कुलो त्यही जलविद्युतको परियोजनाको हो जसले २६ गतेको राती घरघरका बल्ब,चार्जर,टि.भि, मोबाइल लगायतका बिधुतिय उपकरण पड्काएको थियो । समय समयमा बिग्रीरहने यो बिधुत र बिधुतको कुलोमा सम्बन्धित निकायको विशेष ध्यान जानुपर्ने देखिन्छ ।
यसै बिषयमा हामिले स्थलगत रिपोर्टिङ गरेर भिडियो तयार पारेका छौ हेर्नुहोस यो भिडियो !!