कमल पौडेल,बागलुङ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रत्येक संघिय निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार विकासको लागि न्युनतम १० करोडका दरले बजेट विनियोजन गरिएको छ। यसै सन्दर्भमा बागलुङको संघिय निर्वाचन क्षेत्र नं. २ मा पनि पहिले छनोटमा परेका रणनैतिक सडकहरुमा बजेट विनियोजन भएको छ। जस अन्तरगत खर्वाङ शिसाखानी वडिगाड सडकको लागि २ करोड ५० लाख, निसिखोला वोहोरागाउँ याङमिङ हुँदै प्युठान जोड्ने सडकको लागि २ करोड ५० लाख, बुर्तिवाङ देखि तमानखोला हुँदै म्याग्दीको दरवाङ जोड्ने सडकको लागी २ करोड ५० लाख, ढोरपाटनको पाटन देखि उत्तरगंगा किनार हुँदै रुकुमको टकसेरा जोड्ने सडकमा २ करोड ५० लाख विनियोजन भएको छ।
त्यस्तै ताराखोला रमुवा हुँदै म्याग्दी जोड्ने सडकको लागी २ करोड, हटिया बजार काँडेवास हुँदै गुल्मीको वामीटक्सार सडकको लागि १ करोड बजेट विनियोजन भएको बागलुङ क्षेत्र नं. २ का संघिय सांसद देवेन्द्र पौडेलले जानकारी दिनुभएको छ। जस अनुसार अहिले कार्यान्वयनको चरणमा पुगेका ति सडकमा बजेट थप भएको हो।
त्यस्तै एक संघिय निर्वाचन १ रणनितिक सडक अन्तरगत बहुवर्षे कार्यक्रम अनुरुप हरिचौर मल्म पाण्डवखानी भिमगिठे हुँदै दर्लिङ र निसि जोड्ने सडकको लागी चालु वर्षको लागी ५ करोड विनियोजन भएको छ। ३५ करोडको लागत मा सम्पन्न हुने योजनाको लागी क्रमागत रुपमा रकम खर्चहुने सांसद पौडेलले जानकारी दिनुभएको छ। चालु वर्षमै बागलुङ पश्चिमका विभिन्न स्थानमा लिफ्टीङ खानेपानी, सिँचाई, सडक पूर्वाधार लगाएतका दर्जनौं योजना सञ्चालनमा रहेका छन्।