गुल्मीको वामीमा एक जनाको बिष सेवन बाट मृत्यु।

गुल्मीको वामीमा एक जनाको बिष सेवन बाट मृत्यु।

Badigad Online
1 Min Read

रामकृस्ण कंडेल,वामीटक्सार। फाल्गुण१ मुसिकोट नगरपालिका वार्डनं७परूवा,गुल्मीमा बिष सेवन बाट एक जनाको दुखद मृत्यु भएको छ।४५बर्षिय केयर सिड०खत्रीले आज दिऊस आफ्नै घरमा बिष सेवन गरेको बताईएको छ।घरमा कोहि नभएको अबस्थामा ‘डाईभ’नामको किटनाषक बिसादि प्रयोग गरी खत्रीले आत्महत्या गरेको बुझिएको छ।बिष सेवन पश्चात छटपटिएका खत्री लाई वामी स्थित लुम्बिनी वामी हस्पिटलमा पुर्याईएको थियो।

हस्पिटलले खत्री लाई मृत घोषणा गरि सकेको छ।वार्ड अध्यक्ष प्रकाश काफ्लेका अनुसार पोस्टमार्टम रिपोर्टको लागि जिल्ला अस्पताल तम्घास पठाईएको छ।मृतक खत्रीले बिष सेवन गर्नुको कारण खुल्न सकेको छैन।स्व.खत्रीका दुई छोरा,दुई छोरी,बृध्द आमा र श्रीमती रहेको बताईएको छ।केहि समय पहिले लुम्बिनी वामी हस्पिटलमा सुरक्षा गार्डमा कार्यरत खत्री लाई बिभिन्न कारण देखाई अस्पतालले अबकाश दिएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित