दिनेश शर्मा,बडिगाड बाग्लुङ – जिल्लाको बडिगाड गाउपालिका वडा न ६ छिस नजिकै मध्यपहाडी लोकमार्ग मा आज दिउँसो बडिगाड गाउपालिका का स्वास्थ्य सम्योजक को रुपमा कार्यरत चुडामणी कडेल चढेको प्रदेश ०२००९प ५६६८न को बाइक र ध १ ज ९२४ नम्बर को ट्याक्सी एकापस मा ठोक्किदा दुर्घटना भएको छ।
दिउँसो १ बजेको समयमा भिमगिठे बाट समान दिशाबाट खारबजार तर्फ जादैगर्दा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने आकलन गरिएको छ। दुर्घटना बाट ढोरपाटन नगरपालिका वडा न २ का ३५ बर्षिय चुडामणि कडेल घाइते हुनुभएको छ। घाइते कडेल को देब्रे हात र खुट्टामा चोट लागेको छ। घाइते कडेल लाई भिमगिठे मा रहेको एम्बुलेन्स मार्फत पाल्पा लगिएको छ। दुर्घटना को ट्याक्सी र चालक लाई नियन्त्रण मा लिइ इलाका प्रहरी कार्यलय बुर्तिबाङ पठाइएको प्रहरि चौकी खार का इन्चार्ज राजेन्द्र ब भुजेल ले बताउनुभयो ।
Badigad Online