दिनेश शर्मा, बडिगाड बाग्लुङ यात्राको क्रममा मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउपालिका वडा न ५ खारबजार नजिकै बाटोमा अचम्म को दृश्य एकदुइदिन एता देख्न पाइएको छ। एउटा ठूलो मेशिन सडक मै छ सडक को कुना तर्फ राखिएको उक्त मेशिन बाट निरन्तर चर्को आवाज आइरहेको मात्र छैन धुलो र धुवाको पदूषण पनि व्यापक छ।
उक्त यन्त्र हो सिरक डसना बनाउने मेशिन ,उक्त स्थान वरपर करिब २५ देखि ३० जना मानिसहरुको भिड्भाड छ जसले यातायात को आवत जावत प्रत्यक्ष रुपमा निकै असहजता निम्ताएको छ भने दुर्घटना को जोखिम पनि उस्तै छ। अर्को रोचक कुरा त केछभने सडकमै सिरक डसना बिच्छाएर सिलाइ बुनाइ गरि अन्तिम निर्माण समेत मध्यपहाडिको पिच सडकमै गरिन्छ। दैनिक रुपमा दुर्घटना बढिरहेको यस क्षेत्रमा मध्यपहाडी को सडकमै यो खालको कार्य गर्दा समेत सरोकारवाला निकाय मौन भएको देखिएको छ।
यसैपनी ग्रामीण स्तरका पक्की सडकमा सवारीसाधन को गति तिब्र हुने गरेको पाइन्छ त्यसमाथी पनि बडिगाड क्षेत्रको यस सडकमा पछिल्लो समय निकै सवारी दुर्घटना बढेको तथ्याङ्क छ। उक्त कार्यप्रती सरोकारवाला निकाय ले समयमै ध्यान पुर्याउनु आवश्यक देखिन्छ।