जैवाने मोटरबाटो को वडाअध्यक्ष्य गुरुङ द्वारा उद्घाटन स्थानिय बासी हर्षित !

जैवाने मोटरबाटो को वडाअध्यक्ष्य गुरुङ द्वारा उद्घाटन स्थानिय बासी हर्षित !

Badigad Online
1 Min Read

दिनेश शर्मा, बडिगाड बाग्लुङ – जिल्लाको बडिगाड गाउपालिका वडा न ७ अन्तर्गत साबिकको भिमगिठे गा बि स ३ जैवाने मा निर्माण गरिएको मोटरबाटो को आज एक कार्यक्रम का बिच बडिगाड गाउपालिका वडा न ७ का वडाअध्यक्ष्य कृष्ण गुरुङ द्वारा उद्घाटन गरिएको छ।

मोटरबाटो निर्माण समिती का अध्यक्ष मोहन गुरुङ को अध्यक्ष्यता र वडा अध्यक्ष कृष्ण गुरुङ को प्रमुख आतिथ्यता मा उद्घाटन गरिएको उक्त मोटरबाटो निर्माण मा बडिगाड गाउपालिका बाट रु दुई लाख ,स्थानिय रुपमा स्थापना हुन लागेको बिधुत परियोजना शिखर पावर डेभलपमेन्ट बाट रु दुई लाख रुपैया र स्थानिय बाट चन्दा सङ्कलित करिब एकलाख गरि पाच लाख लागत बाट मोटरबाटो निर्माण गरिएको थियो।

कार्यक्रम मा बोल्दै वडाअध्यक्ष गुरुङ ले नगद सहयोग गर्ने शिखर पावर डेभलपमेन्ट र स्थानिय हरुलाइ धन्यवाद ज्ञापन गर्दै बिकास मा जुट्न सबैलाइ आह्वान गर्नुभएको थियो। स्थानियहरु ले पनि घरदैलो मा मोटरबाटो पुगेको भन्दै खुसी ब्यक्त गरेका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित