बडिगाडमा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, अहिलेसम्म के के भयो त?

बडिगाडमा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, अहिलेसम्म के के भयो त?

Badigad Online
4 Min Read

अनिश पाठक/जीवन पाण्ठ,बागलुङ (बडिगाड) – जिल्लाको बडिगाड गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन मंगलबार ७ खेल,दोस्रो दिन ५ खेल सम्पन्न भएको खेल संयोजक राजन कुमार पाईजाले जानकारी दिए ।

मंगलबार भएको प्रतियोगितामा सटफुटको छात्रतर्फ त्रिभुवन नमुना मावि खर्बाङ प्रथम, भानु मावि ग्वालीचौर द्धितिय र लौगा मावि जलजला तृतिय भए । छात्रातर्फको सटफुटमा बुद्ध मावि खाला प्रथम, त्रिभुवन नमुना मावि खर्बाङ्ग द्धितिय र भानु मावि ग्वालीचौर तृतिय भए ।

ृयस्तै लङजम्पको छात्र तर्फ भानु मावि प्रथम, त्रिभुवन नमुना मावि द्धितिय र खड्कदेवी तुम्डाँडा तृतिय भएको पाईजाले जानकारी दिए । सोही प्रतियोगिताको छात्रातर्फ भिमगिठे मावि भिमगिठे प्रथम, भानु मावि द्धितिय र त्रिभुवन नमुना मावि तृतिय भएका छन् ।

ट्रिपलजम्प प्रतियोगितामा त्रिभुवन नमुना मावि पहिलो, खड्कदेवी मावि दोस्रो र भानु मावि तृतिय भए । छात्रातर्फ भानु मावि प्रथम र त्रिभुन नमुना मावि द्धितिय भए ।

१०० मिटरको दौडमा त्रिभुवन नमुना मावि प्रथम, भानु मावि द्धितिय र खार मावि तृतिय भए । छात्रातर्फ भिमगिठे मावि प्रथम, भानु मावि द्धितिय र बुद्ध मावि तृतिय भए । यसैगरी २०० मिटर दौडमा छात्रतर्फ भानु मावि प्रथम, त्रिभुवन नमुना मावि द्धितिय र भिमगिठे मावि तृतिय भए भने छात्रातर्फ त्रिभुवन नमुना मावि प्रथम, भानु मावि द्धितिय र बुद्ध मावि तृतिय भए ।

४०० मिटरको दौडमा त्रिभुवन नुमना मावि प्रथम, खड्कदेवि मावि द्धितिय र भानु मावि तृतिय तथा छात्रातर्फ भानु मावि प्रथम, बुद्ध मावि द्धितिय र त्रिभुवन नमुना मावि तृतिय भएको संयोजक पाईजाले जानकारी दिए ।

मंगलबार नै सम्पन्न हाइजम्प प्रतियोगिताको छात्रतर्फ त्रिभुवन नमुना मावि प्रथम, खड्कदेवी द्धितिय, र भानु मावि तृतिय भए । छात्रातर्फ त्रिभुवन नमुना मावि प्रथम, भानु मावि द्धितिय र बुद्ध मावि तृतिय भए । कराते प्रतियोगिता समेत सम्पन्न भएको आयोजकले जनाएको छ ।

बुधवार भएको प्रतियोगितामा ८०० मिटर दौडमा छात्र तर्फ भीमगिठे मा.वि प्रथम, त्रिभुवन मा.वि दित्तीय र तृतीय भानु मा.वि, ८०० मिटर छात्रामा भानु प्रथम, खडकदेवी दित्तीय र तृतीय बुद्द मा.वि भएका छन् |

त्यसैगरी १५०० मिटर दौडमा छात्र तर्फ खडक देवी प्रथम, बनस्पति मा.वि दित्तीय र तृतीय त्रिभुवन मा.वि भएका छन | छात्रा तर्फमा भने भानु मा.वि प्रथम, त्रिभुवन मा.वि दित्तीय र बुद्द मा.वि तृतीय भएका छन् |

३००० मिटरको दौडमा छात्र तर्फ त्रिभुवन प्रथम, खडकदेवी दित्तीय र भानु मा.वि तृतीय भएका छन | छात्रा तर्फमा प्रथम त्रिभुवन मा.वि, भानु मावि दित्तीय र बुद्द मा.वि तृतीय भएका छन |

त्यसैगरी कबड्डीमा छात्रतर्फ प्रथम र दित्तीय मात्र बनाइएको छ भने छात्रा तर्फमा प्रथम,दित्तीय र तृतीय बनाइएको छ | छात्र तर्फ त्रिभुवन मा.वि प्रथम र दित्तीय खडक देवी मा.वि भएका छन | छात्रा तर्फ त्रिभुवन मा.वि प्रथम,खडक देवी दित्तीय र भानु मावि तृतीय भएको खेल संयोजक राजन पाइजाले बताएका छन |

पहिलो दिन प्रतियोगिता गाँउपालिकाका शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीको अध्यक्षता, अध्यक्ष मेहरसिंह पाइजाको प्रमुख आतिथ्यता, खेल संयोजक पाइजाको स्वागत एवम भानु माविका शिक्षक विष्णु आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो । बुधबार विहान १० बजेबाट प्रतियोगिता सुचारु हुने आयोजनकले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित