गुल्मीको मुसिकोट र रुपन्देहिको तिलत्तोमा नगरपालिका विच भगिनि सम्बन्ध कायम ।।

गुल्मीको मुसिकोट र रुपन्देहिको तिलत्तोमा नगरपालिका विच भगिनि सम्बन्ध कायम ।।

Badigad Online
4 Min Read

कमल पौडेल, वामीटक्सार गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका र रुपन्देहिको तिलत्तोमा नगरपालिका विच भगिनि सम्बन्ध कायम भएको छ। बुधवार मुसिकोट नगरपालिकाको सभाहल वामीटक्सारमा तिलत्तोमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे र मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले ७ बुँदे भगिनि सम्बन्ध सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेपछि सो सम्बन्ध कायम भएको हो।

सो कार्यक्रममा बोल्दै तिलत्तोमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले दुई पालिका विचको सम्बन्ध गाँउ र वेशीको रुपमा रहने बताउनु भएको छ। तिलत्तोमालाई आवश्यक पर्ने श्रोत मुसिकोटमा र मुसिकोटलाई आवश्यक पर्ने श्रोत तिलत्तोमामा हुन सक्ने भन्दै उत्पादन वजारीकरण गर्न, अनुभव आदान, प्रदान गर्न यो सम्बन्धले सहयोग पुर्याउने बताउनु भएको छ।

त्यस्तै मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले तिलत्तोमा जनसंख्या र आर्थिक अवस्थामा धेरै ठुलो रहेको, मुसिकोट सानो रहेको तर सम्बन्ध सत्ययुगका कृष्ण र सुदामाको जस्तो हुने बताउनु भएको छ। लुम्बिनीलाई ढोरपाटन र मुक्तिनाथ संग जोड्ने त्यसको ट्रान्जिट मुसिकोटलाई बनाउनुपर्ने भन्दै नगरप्रमुख सापकोटाले मुसिकोटको शितलता र तिलत्तोमाको न्यानोले दुवै नगरपालिका अगाडि वढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा तिलत्तोमा नगरपालिकाका उपप्रमुख जगेश्वरी देवी चौधरी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका रुपन्देहि जिल्ला सदस्य तथा नगरकमिटि सचिव लक्ष्मण खनाल, नेकपाका मुसिकोट नगरकमिटि इन्चार्ज जिवन खरेल, नेपाली काग्रेसका मुसिकोट प्रमुख झविलाल भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. ८ का अध्यक्ष नारायण प्रसाद सापकोटाले मुसिकोट नगरपालिकाको परिचय सहित हाल सम्म गरेको कार्यप्रगतिको जानकारी गराउनु भएको थियो भने तिलत्तोमा नगरपालिकाको तर्फवाट प्रवक्ता सुरेन्द्र श्री ले नगरपालिकाको जानकारी सहित कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै कार्यक्रममा तिलत्तोमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत माधव प्रसाद शर्माले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रम मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाको अध्यक्षता, उपप्रमुख कमला शर्माको स्वागत मन्तव्य तथा प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।

सो कार्यक्रममा दुवै नगरपालिकाका कार्यपालिका पदाधिकारी तथा सदस्यहरु, राजनैतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो। दुवै नगरपालिकाका प्रमुखले हस्ताक्षर गरेको सम्झौताको साँक्षिमा नगर उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत रहनुभएको छ। सो सम्झौता पत्र यस्तो रहेको छ।

भगिनी सम्बन्ध सम्बन्धी सम्झौतापत्र – नेपाल सरकार, ५ नं। प्रदेश, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच मुसिकोट नगरपालिकाको च।नं। ज्ञण्ज्ञछ, मिति द्दण्ठटरण्डरद्दट गतेको पत्रबाट तिलोत्तमा नगरपालिकासँग भगिनी सम्बन्धका लागि प्रस्ताव गरिएकोमा तिलोत्तमा नगर कार्यपालिकाको मिति द्दण्ठटरण्ढरज्ञण् गतेको निर्णयअनुसार उक्त प्रस्तावलाई स्वीकार गरी यो सम्झौता गरिएको छ ।

१. दुई नगरपालिका बीच एक(आपसमा सधैँ सुमधुर सम्बन्ध कायम रहनेछ । दुवै नगरपालिकाको सेवा प्रवाह, आर्थिक, सामाजिक, साँस्कृतिक विकास, उपलब्ध प्राकृतिक तथा मानवीय स्रोत परिचालन लगायतका क्षेत्रमा अनुभव आदान(प्रदान तथा असल अभ्यासको अनुशरण गरी सर्वाङ्गिण विकासमा टेवा पुर्‍याउन दुवै पक्ष सहमत हुनेछन् । २. दुवै नगरपालिकामा उत्पादित कृषिजन्य वस्तु, कलात्मक सामग्री लगायत पर्यटन प्रवर्धनात्मककार्यहरुको एक अर्काबीच आन्तरिकीकरण तथा बजारिकरण गर्ने ।

३. आपसी हित, समता र लाभको सिद्धान्त अनुसार दुवै नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, सरोकारवाला एवम् नगरवासीबीच मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन र सहयोगको आदान प्रदान गर्न दुवै पक्ष सहमत हुने छन् । ४. दुवै नगरपालिकाबाट सम्पादन भएका कार्यहरुको आ(आफ्नो अनुकूल हुने गरी सूचना आदान(प्रदान गर्न नियमित सम्पर्कमा रहनेछन् । ५. दुवै नगरपालिकाको साझा संकल्पका विषयमा आपसी समझदारीका आधारमा कार्यक्रमहरु संचालन गर्न सकिनेछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित