दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बडिगाडमा सम्पन्न द्धोस्रो पटकको विजेता पनि त्रिभुवन

दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बडिगाडमा सम्पन्न द्धोस्रो पटकको विजेता पनि त्रिभुवन

Badigad Online
2 Min Read

 

अनिष पाठक बाग्लुङ (बडिगाड) – बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा यहि फागुन ६ गते देखी शुरु भएको दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता विहिबार सम्पन्न भएको छ । विहिबार सम्पन्न प्रतियोगितामा ४×१०० मिटर छात्र रिले डौड प्रतियोगीतामा त्रिभुवन नमुना मावि खर्वाङ प्रथम, खड्कदेवि मावि तुम्डाडाँ द्धितिय, र भानु मावि ग्वालीचौर तृतिय भएका छन । छात्रातर्फ भानु मावि ग्वालीचौर प्रथम, खड्कदेवि मावि तुम्डाडाँ द्धितिय, र बुद्ध मावि खाल तृतिय भएका छन ।

ृयस्तै ४×४०० मिटर डौड प्रतियोगीतामा छात्रतर्फ भानु मावि प्रथम, खड्कदेवि तुम्डाडाँ द्धितिय, र त्रिभुवन मावि तुतिय तथा छात्रातर्फ त्रिभुवन मावि खर्वाङ प्रथम, भानु मावि खार द्धितिय, बुद्ध मावि खाल तृतिय भएका छन । त्यस्तै छात्र भलिवलमा भानु मावि प्रथम, खड्क देवी मावि द्धितिय साथै छात्रातर्फ बनस्पती मावि प्रथम र लौगाँ मावि द्धितिय भए हुन ।

गाँउपालिका भित्रका १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा त्रिभुवन नमुना मावि खर्वाङ १५ स्वर्ण, ६ रजत र ४ कास्य सहित प्रथम भानु मावि खार १० स्वार्ण, ८ रजत र ९ कास्य सहित द्धितिय र खड्कदेवि मावि तुमडाडाँ १ स्वर्ण, १० रजत र १ कास्य सहित तृतिय भएका छन । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका अध्यक्षय मेहरसिंह पाइजाले यस खेलमा आफु भित्रको प्रतिभासंगै समाज र सिँगो गाँउपालिका नै राष्ट्रिय स्तरमा चिनाउने गतिलो माध्यम भएको बताउनुभएको थियो ।

सोहि कार्यक्रमाका विच गाँउपालिकाका भित्रका राष्ट्रिय खेलाडिलाई पालिकाको नाम राष्ट्रिय स्तरमा पु¥याउन सहयोग गरेको भन्दै राजन पाइजा, सोभा कुमारी पाइजा, सुस्मीता थापा मगर, निशान बराल, गणेश पाइजा, प्रसंशा पुन लगाएतलाई नगद १ लाख, ७५ हजार र ५० हजार नगद र सम्मान पत्रले सम्मान गरिएको थियो ।

विहिबारको समापन समारोहमा पालिका शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीको अध्यक्षता, पालिका अध्यक्षता मेहरसिंह पाइजाको प्रमुख आतित्यथा तथा भानु माविका शिक्षक विष्णु आर्चायको संचालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा त्रिभुवन नमुना मावि द्धोस्रो पटक शिल विजेता भएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित