महेन्द्र कौशल – मुसिकोट नगरपालिका ५ इन्द्रेगौंडा देखि करिब ४०० मिटर माथी अमलाबोट खयरे स्थित शिद्धेश्वर गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो। करिब ४० मिटर गहिराइ भएको गुफा सपनामा देखेको कुरा बिपनामा खोज्दा भेटिको कुरा मुसिकोट नगरपालिका ५ अमलाबोट निवासी वा सो गुफाका पुजारी ऋषिराम गिरिले बताउनु भएको हो।
२०५२ साल बैशाख ६ गते बिहान देखिएको सपनाको कुरा खोज्दै गर्दा २०५३ साल जेठ २० गते स्वत: निर्मित रुपमा गुफा भेटिएको कुरा पुजारी गिरिको भनाइ छ। महाशिवरात्रीको दिन स्थानीय भक्तजन पुजाआरधना गर्न आउने र जानेको क्रम बढ्छ तर अघि पछि नहुने कुरा पनि उहाँले भन्नू भएको हो।
कहिले काहीं गुल्मी जिल्ला भित्र र गुल्मी बाहेक पाल्पा,स्याङ्जा,प्युठान,बाग्लुङ जिल्ला लगाएका जिल्लाका मानिस फ्याट्टफुट्ट रुपमा भ्रमण आउने गर्दछन् तर प्रचारप्रसार प्रयाप्त रुपमा भएमा देश भित्रका सबै जिल्लाका भक्तजन आक्रमण गर्न सकिन्छ भन्ने कुरा स्थानीय शेरबहादुर बि.कले बताउनु भएको हो। ओझेलमा परेको सो गुफा भित्र मानव निर्मित नै भन्न फरक नखाने कोटेश्वर शिवलिङ्ग, पाँचमुखे शङ्ख,गणेश,एक दर्जन भन्दा बढी ढुङ्गाका बाजा(दमाह,खैजडी,मादल,डमरू), पञ्चमुखे नाग,गाइको थुन र एक जोडि शिव पार्वतीको आकार देख्न सकिन्छ।