जीवन पाण्डे, बडिगाड – बडिगाड गाउपालिका वडा न. ०६, खालको शिवालय मन्दिर शिवरात्रीकै दिनमा उत्घाटन गरिएको छ । प्रगतिशील आमा समुहद्वारा निर्मित यो मन्दिरलाइ सोही वडाका वडाध्यक्ष मौसम काजी क्षेत्रीले उत्घाटन गर्नुभएको हो । यो मन्दिर ४ लाखको लगानिमा बनेको हो । यसमा कुनै सरकारी बजेट प्रयोग नभएको प्रगतिशिल आमा समुहकी अध्यक्ष तारा सिँह ले बताउनुभएको छ ।
उत्घाटन कार्यक्रमा बोल्दै वडाध्यक्ष मौसम काजी क्षेत्रीले कतिपय कुरामा बिज्ञानले समेत आध्यात्मलाई आत्मसाथ गरिराखेको बेला र शिवरात्रीकै अवसरमा मन्दिर उत्घाटन गर्न पाउनु खुसीको कुरा रहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष क्षेत्रीले मन्दिरलाइ सहयोग गर्ने सम्पुर्ण चन्दादाता र सहयोगी सम्पुर्णलाइ सम्झनुभएको थियो ।
अध्यक्ष क्षेत्रीले मन्दिरलाइ भनी कार्यक्रममै नगद रु.२००० गरि आगामी दिनहरुमा पनि आफूबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको छ ।