अनिश शर्मा गैरे, १८ फाल्गुण, काठमाडौ लामो समय देखि मानसिक सन्तुलन गुमाएकी गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ८ कि मिना रायमाझीको उपचार गर्न अर्थ संकलन सुरु गरिएको छ । उनको उपचारको लागि आइतबार भैरहवामा ल्याइदै छ । उनकी छोरी र छिमेकी हरुको सक्रियतामा उपचार गर्न लागिएको हो ।
हाल सम्म गोपाल रायमाझी बाट नगद रु २५ हजार, दाल्का आमा समुह बाट १० हजार, रायमाझी कुल मन्दिर बाट ५ हजार संकलन भएको सुमन सापकोटाले जानकारी दिनुभयो । उहाका अनुसार अन्य सहयोग पनि उठ्ने क्रम जारी छ ।। आर्थिक सहयोग गर्न चाहनेले गोपाल रायमाझीको ग्लोबल आइएमइ बैंक वामी शाखाको खाता नम्बर 7007010012012 मा जम्मा गर्न सक्ने र अन्य जानकारीको लागि रायमाझीकै सम्पर्क नम्बर 9 847234760 मा सम्पर्क गर्न सकिने सापकोटाले जानकारी दिनुभयो । मिना लामो समय देखि मानसिक रुपमा अस्वस्थ छन् ।
Badigad Online