कमल पौडेल, बडिगाड(बागलुङ) – बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौर न्वारमा भानु क्याम्पस सञ्चलानार्थ गएको मंसिरमा हुने भनेको बृहत धनधान्याञ्चल ज्ञान महायज्ञ यहि चैत्र २२ गते देखि २९ गते सम्म हुने भएको छ। उपनिर्वाचनको कारण आचारसंहिता लाग्ने भएपछि स्थगित गरिएको महायज्ञ चैत्र २२ गते देखि सञ्चालन लागिएको महायज्ञ मुल आयोजक समितिका संयोजक कृष्ण प्रसाद शर्मा तिवारीले जानकारी दिनुभएको छ।
जसको लागि यस अघि नै कृष्ण प्रसाद शर्मा तिवारीको संयोजकतवमा १२७ सदस्यिय मुल आयोजक समितिको गठन गरिएको छ। सो महायज्ञमा भागवत भाष्कर पण्डित कमल नयन गौतमले प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। केहि वर्षदेखि ग्वालीचौरमा क्याम्पस सञ्चालन गर्न पर्यत्न गरिएपनि सार्थकता पाउन नसकेपछि धान्याञ्चल गर्न लागिएको हो।
हाल क्याम्पसको लागी स्थानियले जग्गा निशुल्क उपलब्ध गराएका छन् भने सोहि स्थानमा गाउँपालिकाको सहयोगमा घेरावार गर्ने समेत काम भएको छ। बडिगाड गाउँपालिकामा हाल सम्म कुनै पनि क्याम्पस नरहेको र यदि क्याम्पस सञ्चालन हुन सके बडिगाड सहित छिमेकि पालिकाहरु गुल्मीको मुसिकोट, बागलुङकै ढोरपाटन र गल्कोट नगरपालिकाका स्थानिय विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुन सक्ने महायज्ञ सञ्चालन सचिवलय समितिका सदस्य इश्वरी प्रसाद आचार्यले जानकारी दिनुभएको छ।