विष्णु प्रसाद आचार्य, फाल्गुण १९ गुल्मी । मुसिकोट नगरपालिका भित्रका कक्षा १ देखी कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत्र ९ गते आइतबार देखी हुने भएको छ ।
मुसिकोट नगरपालिकाको भित्तेपात्रोमा चैत्र छ गतेदेखी परीक्षा मिती उल्लेख भएपनि एस. इइ को परीक्षा पनि ६ गतेदेखी नै हुने भएकोले उक्त परीक्षा ९ गतेदेखी गर्न लागिएको बताईएको छ ।
जसअन्तर्गत कक्षा ८ को आधारभुत तह उत्तिर्ण परीक्षा पुर्ण रुपमा नगर शिक्षा मार्फत सञ्चालन हुने र अन्य कक्षाका प्रश्नपत्रहरु विगतमा जस्तै नगर शिक्षामार्फत उपलब्ध गराउने व्यवस्था मिलाईएको नगर शिक्षा शाखा प्रमुख देविराम शर्माेले जानकारी दिनुभयौ ।
प्रश्नपत्रहरु अहिले परीक्षा समिती मार्फत रुजु गरी छापाखानामा पठाइ छाप्ने काम चलिरहेको उहाँले बताउनुभयो । नगर मार्फत सञ्चालित परीक्षामा सामुदायिक तर्पmका ६१ वटा र संस्थागत तर्फका कक्षा ८ को परीक्षा दिने तीनवटा विद्यालय रहेका छन् ।
जसअन्तर्गत कक्षा १ बाट ७३५, कक्षा दुइबाट ६ सय पाँच, कक्षा ३ बाट ६ सय दुइ, कक्षा ४ बाट ५ सय ६४, कक्षा ५ बाट ५ सय ८३, कक्षा ६ बाट ५ सय उनासी, कक्षा ७ बाट ५ सय ६६, कक्षा ८ बाट सामुदायिक र संस्थागत गरि ५ सय ६४, कक्षा ९ बाट ६ सय एघार, र एस. इइमा कक्षा दशबाट ५ सय १९ गरी जम्मा ६ हजार तीस जना परीक्षार्थी परीक्षामा सहभागी हुनै बताइएको छ ।
संस्थागत विद्यालयलले भने कक्षा १ देखी सात सम्म र ९ कक्षाको परीक्षा आफनो समयतालिका अनुसार सञ्चालन गर्नेछन । त्यस्तै गरी वालविकाशका विद्यार्थीहरुकौ परीक्षाको प्रश्नपत्रको जिम्मा विद्यालयहरुलाइ नै दिइएको छ । परीक्षा लगायत विविध जानकारी प्रधानाध्यापक बैठकमा जानकारी गराइसकिएको मुसिकोट नगर शिक्षा शाखाले जानकारी दिएको छ ।