
काठमाण्डौ, २०७६ फाल्गुण १९ । हाम्रो मानव जीवनमा प्राय सबैको शरिरमा कहीँ न कहीँ कोठी हुन्छ ।
नेपाली समाजमा कोठीका विषयलाई लिएर विभिन्न सवालहरु हुने गर्दछन् । यसैबीच हस्तरेखा विज्ञानले कतिपय कोठी लाई कष्दप्रद र अशुभ मान्छ भने भने कुनै कोठी शुभ र लाभदायक समेत हुने गरेको छ ।
खास अंगमा कोठी आएमा त्यो शुभ मानिने र धनप्राप्तीको अवसर मिल्ने बताईन्छ । । यस्तो व्यक्तिमा मानसम्मान र सुखमय जीवनको समेत रहने गरेको छ ।
समुन्द्र शास्त्रका अनुसार तपाइँको शरिरमा रहेको नाइटोको वरिपरी कोठी आएमा शुभ र फलदायी मानिन्छ । यस्ता कोठीका कारण तपाइँको जीवनमा सुखसमृद्धि प्राप्त हुने योग रहने विश्वास गरिन्छ ।
पैतालाको औंलामा कोठी आएमा सम्पन्नताको योग रहन्छ र मानसम्मानको अवसर मिल्छ । कानको माथि कोठी आएमा ज्ञानी र बुद्धिमान हुने मानिन्छ । यिनीहरु आफ्नो ज्ञान र बुद्धिका कारण धेरै धनआर्जन क्षमता राख्छन् भन्ने गरिएको छ ।
ढाड पछाडि कोठी भएको ब्यक्ति महत्वकांक्षी र भौतिकवादी हुने मान्यता छ । यिनीहरु धन जोगाउनु भन्दा कमाउनतिर लाग्ने र खर्चालु हुने मान्यता छ । यिनीहरु विलासीपूर्ण जीवन विताउन चाहन्छन् । यसकारण यी अध्ययनलाई नियाल्दा मानव शरिरमाका विभिन्न ठाउँमा हुने कोठीले केही शुभ र केही अशुभ सकेंत देखाउँदछन् । एजेन्सी