विदेशबाट नेपाल आएका ४ जनालाई कोरोना संक्रमणको आशंका

विदेशबाट नेपाल आएका ४ जनालाई कोरोना संक्रमणको आशंका

Badigad Online
1 Min Read

काठमाडौं फाल्गुण २१। विदेशबाट आएका ४ जनालाई कोरोना सक्रंमणको आशकां गरिएको छ ।

बुधबार उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएका १ जना फ्रेन्च नागरिक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले चारै जनामा कोरोनाको परीक्षण बिहिबार गरिने बताउनुभयो । उहाँका अनुसार तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्काइटिस जस्तो देखिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित