देशभरीका कृषकहरुलाई प्रागांरिक कफी विषयक अगुवा कृषक तालिम आँपचौरमा सुरु

देशभरीका कृषकहरुलाई प्रागांरिक कफी विषयक अगुवा कृषक तालिम आँपचौरमा सुरु

Badigad Online
1 Min Read

सागर भण्डारी, फाल्गुण २२ गुल्मी । मुसिकोट नगरपालिका वडा नं ५ आँपचौर गुल्मीमा देशभरीका अगुवा कफी कृषकहरुका लागि प्रागांरिक कफी विषयक ६ दिने अगुवा कृषक तालिम सुरु भएको छ ।

कफि विकास केन्द्र गुल्मीको आयोजनामा सञ्चालित तालिममा १२ जिल्लाका २४ जना कृषकको सहभागीता रहेको छ । तालिममा कफी उत्पादन प्रविधि र कफी प्रशोधन प्रविधि सम्बन्धी शैद्धान्तिक र व्यवहारिक कक्षाहरु सञ्चालन गरिएको छ ।

त्यस्तै कफीको राष्ट्रिय र अन्तरराष्ट्रिय बजारीकरण सम्बन्धी जानकारी र उद्यमशीलता विकासका बारेमा कफी विकास केन्द्र आँपचौर गुल्मीका प्रमुख एवम् वरिष्ठ बागबानी अधिकृत बद्रीप्रसाद पौड्याल र राष्ट्रिय फलफूल विकास केन्द्रका सरद पाण्डेयले सहजीकरण गर्नुभएको छ ।

कफी विकास केन्द्रको द्धितिय चौमासिक कार्यक्रम अन्तर्गत २५ गतेसम्म सञ्चालन हुने तालिममा बिहिवार रुरु गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रममा रहेको कफी खेतीको अवलोकनका साथै जानकारी दिने कार्यक्रम रहेको र जसको सहजीकरण कार्यक्रमका प्रमुख वैज्ञानिक कृष्ण बहादुर थापाले गर्ने बताईएको छ ।

तालिममा ईलाम, भोजपुर, सखुंवासभा, कास्की, स्याङ्जा, प्यूठान, अर्घाखाँची, गुल्मी, सल्यान, डोटी, डडेल्धुरा र सिन्धुपाल्चोक लगायतका जिल्लाका कृषकहरुको सहभागीता रहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित