आर्थिक अभावमा उपचार गर्न नपाएका वामीका भिम नेपालीलाई सहयोग 

आर्थिक अभावमा उपचार गर्न नपाएका वामीका भिम नेपालीलाई सहयोग 

Badigad Online
1 Min Read

विष्णु प्रसाद आचार्य, फाल्गुण २२ गुल्मी । आर्थिक अभावका कारण उपचार गर्न नपाई विस्तारामै थलिएका वामीका भिम नेपालीलाई मालिका ईङ्लिस बोर्डिङ स्कुल मुसिकोट ७ वामीले आर्थिक सहयोग गरेको छ ।

उक्त स्कुलका बस चालक समेत रहेका नेपालीलाई स्वास्थ्य उपचारको लागि विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी लगायत विद्यार्थीहरुबाट सकंलित रकम २३ हजार ५ सय भिमका बुबा शशीराम नेपालीलाई हस्तान्तरण गरिएको मालिका ईङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल पुस्तकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालीको पक्षघातका कारण शरिरको दाहिने भाग चल्दैन भने उहाँको मृगौलाले समेत राम्ररी काम नगरेको बताईएको छ । उपचारका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगका लागि सबैसगं अपिल समेत गरेको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित