विष्णु प्रसाद आचार्य,गुल्मी फाल्गुण २३ । मुसिकोट नगरपालिका भित्रका कक्षा १ देखी कक्षा ९ सम्मको वार्षिक परीक्षा सरेको छ । कोरोना सक्रंमणको सतर्कता स्वरुप चैत्र ९ गते आइतबारबाट हुने भनिएको परिक्षा यही फाल्गुण २८ गतेदेखि गर्ने गरी समय तालिका सार्वजनिक गरिएको मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख देविराम शर्माले जानकारी दिनुभयो ।
नेपालमा पनि कोरोना सक्रंमणको जोखिम रहेको भन्दै नेपाल सरकार शिक्षा मन्त्रालयले चैत्र ५ गते भित्र बार्षिक परिक्षा सम्पन्न गर्ने निर्देशन दिए अनुसार मुसिकोट नगरपालिकामा पनि परिक्षा यस अगाडी तोकिएको समयभन्दा अगावै गर्न लागिएको उहाँले बताउनुभयो । परिक्षा भने नगरशिक्षा शाखाले तोकेको पूर्व कार्यक्रम अनुसार नै हुने उहाँको भनाई छ । नगर मार्फत सञ्चालित परीक्षामा सामुदायिक तर्पका ६१ वटा र संस्थागत तर्फका कक्षा ८ को परीक्षा दिने तीनवटा विद्यालय रहेका छन् ।