चलचित्रमा जस्तै ः विवाह मण्डपमा दुलाहा नै नआएपछि

चलचित्रमा जस्तै ः विवाह मण्डपमा दुलाहा नै नआएपछि

Badigad Online
3 Min Read

काठमाण्डौ – एउटा अचम्मै प्रकृतिको घटना घटेको छ । तपाई हामीले विश्वासै नगर्ने, अपत्यारिलो, अनौठो र यस्तो पनि हुन्छ र भन्ने घट्ना भएपछि देशैभरी खैलाबैला मच्चीएको छ । परिवार आफन्त र छरछिमेकीको जमघटमा आफ्ना छोराछोरीको विवाहमा बेहुला नै नआएपछि के होला ?

कुनै चलचित्रमा मात्रै देखिने यस्तो दृश्य वास्तविक रुपमै घटेको छ । बेहुली पक्षसगं सरसल्लाह गरी राजीखुसी बिहे गर्न तैयार भएर जब बिहेको दिन आउँछ तब बिहेको दिन बेहुलानै मण्डपमा नआएपछि ती बेहुली र बेहुलीको परिवार माथि के बित्यो होला ? तपाई हामीले चलचित्रमा हेर्ने देख्ने गरेको यो घटना हाम्रै नेपालमा भएको छ ।

राजधानी काठमाण्डौमा विवाहको लागि भव्य समारोह आयोजना गरियो आयोजित उक्त विवाहमा दुलाहा नै आएनन् । विवाह मण्डपमा दुलाहा नै नआएपछि हल्लीखल्ली मच्चिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गर्यो ।

आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताउँदै स्थानीय एक युवती माथी विवाहको छिनोफानो गरेका थिए । १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोकै दिन केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको थियो ।

प्रहरीलाई उजुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरमा बस्ने गरेको पत्ता लगाएको छ । कोठामा पनि ताला लागेको थियो । केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् । कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि नक्कली रहेको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेको अन्तत प्रहरी अनुसन्धानबाट खुल्यो ।

विवाह नै नएपछि पीडामा भावविव्हल बनेका बेहुली पक्षका परिवार अन्नत ठगीमा परेको पनि खुल्यो । काठमाडौँमा नभेटिएका बस्नेत पोखरा विमानस्थलमा भेटिए । उनको साथबाट स्रोत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ ।

काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन । उनले के कारणले यस्तो गरे भन्ने खुलेको छैन । उनलाई आपराधिक विश्वासघात ठगी मुद्दा चलाउने तैयारी भइरहेको छ । प्रहरीका अनुसार करिब १५ दिन अघि पनि यस्तै प्रकृतिको उजुरी आएको थियो । ठगी गर्ने प्रवृत्ति पनि अचम्मको रहेको प्रहरीले बताएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित