८२ वर्षको उमेरमा बुबा बनेपछि आर्थिक सहयोगका लागि हारगुहार

८२ वर्षको उमेरमा बुबा बनेपछि आर्थिक सहयोगका लागि हारगुहार

Badigad Online
2 Min Read

हाम्रो समयमा कतिपय घटनाहरु विश्वासनै नलाग्ने प्रकृतिका हुन्छन् । यस्तै निकै अनौठो र आश्चर्यजनक घटना भएको गुल्मीको चन्द गुल्मीको चन्द्रकोट गाउँपालिकामा । चन्द्रकोटमा ८२ व्र्षे बयोवृद्ध छोराको बाबु बनेका छन् । ७५ वर्षको उमेरमा दोश्रो विवाह गरेका उनले ७६ वर्षको उमेरमा छोरीको बुबा बनेका थिए । भने अहिले फेरी ८२ वर्षको उमेरमा अर्को सन्तानको बाबु बनेका छन् । चन्द्रकोट गाउँपालिका–५, धुवाँखोला निवासी ८० वर्षीय कले परियारले ८१ व्र्षको उमेरमा छोरा जन्माउँदा गाउँ नै चकित बनेका छन् ।

आफ्नै स्याहार सुसार गर्नुपर्ने यो उमेरमा पुत्रलाभ गरेका उनले सुत्केरी श्रीमती र नवजात पुत्रको स्याहार–सुसार गर्नु परेको छ | नागरिकता अनुुसार ७१ वर्ष उमेर उल्लेख भए पनि आफ्नो वास्तविक उमेर भने ८२ वर्ष रहेको उनी बताउँछन् । लौरोको सहारामा हिँडडुल गर्ने उनले पुत्रलाभ गरेभन्दा धेरैले विश्वास नै गर्दैनन् । ४५ वर्षीय श्रीमती देवी परियारको कोखबाट अघिमात्र छोरा जन्मिएकोमा खुशी देखिएका उनी आफु मरेर गएपनि श्रीमतीको बुढेसकालको सहारा कान्छो छोरो बन्ने बताउँछन् ।

उनले ९ वर्ष अघि देवी परियारसँग दोस्रो विवाह गरेका रहेछन् । विवाहको दोश्रो वर्ष छोरी जन्मिएको उनले सुनाए । कले र देवीको दोश्रो सन्तानका रुपमा अहिले छोरा जन्मिएको हो । जेठी श्रीमती तुल्सी परियारतर्फ उनका ५ छोरा छन् । तुल्सीको निधन भएको अर्को वर्ष नै कलेले दोस्रो विवाह गरेका हुन् ।

जेठी तर्फका सबै छोरा बाल्यकालदेखि नै भारतमा मजदुरी गर्न गएका र हाल सम्म फर्केर नआएको उनले बताए । स्थानीयका अनुसार पाखुरामा बल हुँदासम्म कलेले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । बुढ्यौलीका कारण उनी ज्याला–मजदुरी गर्न सक्दैनन् । बढीमा दुई महिना खान पुग्ने उनको बारी पनि अहिले खनजोत गर्न नसक्दा बाँझै छ ।‘यो उमेरमा छोरा जन्माउँदा कत्तिको खुशी हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘खुशी त लागेको थियो क्यारे, तर आर्थिक अवस्था कमजोर भएपछि स्याहार सुसारमा समस्या भएको बताए । आर्थिक अवस्था कमजोर छ गरी खान काम गर्न सक्दिन त्यही माथी बुढी पनि शारिरिक रुपमा अशक्त छ परिवार धान्ने गाह्रो छ उहाँले भन्नुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित