विष्णु प्रसाद आचार्य, गुल्मी फाल्गुण २९ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामको लागि मुसिकोट नगरपालिकाद्धारा वडा नंं ७ स्थित वामीटक्सार स्वास्थ्य चौकीमा कोरोना भाइरस संक्रमण सम्बन्धी हेल्प डेस्क स्थापना गरिएको छ ।
स्थानीयस्तरमा तत्कालै कसैलाइ कोरोनासँग सम्बन्धीत लक्षण देखापरिहाल्यो भने त्यसको पहिचान तथा रोकथामको लागि पूर्व सतर्कता स्वरुप हेल्प डेस्क स्थापना गरिएको वामीटक्सार स्वास्थ्यचौकी प्रमुख त्रिविक्रम केसीले जानकारी दिनुभयो ।अहिलेको बदलिदो मौसमका कारण स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरुे र कोरोनाको पनि उत्तिकै ख्याल गरिनुपर्ने भएकोले समस्यालाइ पर्खेर नबस्न पनि उहाँले अनुरोध गर्नुभयो ।
एक सय दशमलव चार डिग्री भन्दा बढी ज्वरो आएमा, नाकबाट पानी बग्ने, घाँटी दुख्ने, श्वाशप्रश्वाशमा कठिनाइ आएमा, छाती दुख्ने, सुख्खा खोकी लागीरहेमा, पखला लाग्ने तथा बान्ता हुने भएमा तुरुन्त हेल्प डेस्कमा सम्पर्क गर्न अनुरोध गरिएको उहाँले बताउनुभएको छ । साथै भारत तथा तेश्रो मुलुकबाट आएका तथा उनीहरुको सम्पर्कमा आएका व्याक्तिहरुमा यस्ता लक्षण देखापरेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
कोरोना भाइरस अहिले विश्वकै समस्याका रुपमा रहेको भन्दै प्रत्येक व्याक्तिले नियमित रुपमा साबुनपानीले हात धुने, खानेकुरा धोइपखाली राम्रोसंग पकाएर मात्र खाने, भिडभाडमा नजाने, खोक्दा हाच्छिउँ गर्दा नाकमुख छोपेर मात्र गर्ने संकास्पद व्याक्तिबाट टाढा रहने, जङ्गली तथा घरपालुवा पशुपँक्षी सँगको असुरक्षीत सम्पर्कबाट टाढा रहने, कोरोनाभाइरस तातोसँग कमजोर हुनेहुँदा तातोपानी तथा झोलिलो कुराहरु नियमित पिउने, प्रायजसो सुर्यको किरणमा रहने, कपडा वा पोशाकमा रहेको कोरोना भाइरसको जीवाणुहरु ६ देखी १२ घण्टासमम जिवित रहन सक्ने हुँदा डिटरजेण्टको प्रयोग गरी लुगा नियमित धोइ घाममा सुकाएर मात्र प्रयोग गर्न, हात सफा नगरी आँखा,मुख, नाकमा जथाभावी नछुन, मास्कको प्रयाोग गर्न र हात मिलाउनुको सट्टा नमस्कार गर्ने बानी बसाल्नको लागि वामीटक्सार स्वास्थ्यचौकीले अनुरोध गरेको छ ।