दिनेश शर्मा, तनहु बन्दिपुर राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र बन्दिपुर तनहु मा नवौ दिनमा राष्ट्रिय स्तरको ब्यवसायिक बाख्रापालन आवासिय तालिम सन्चालन भैरहेको छ।बाख्राको विभिन्न जातहरु खरी,जमुनापारी,बारबरी,सानन,र विशेष गरि बोर जातका बाख्राहरु को अनुसन्धान गरिरहेको यस केन्द्र मा पहिलोपटक राष्ट्रिय स्तरको आवासिय तालिम को आयोजना गरिएको हो।तालिम यहि फाल्गुण २८ गतेदेखी चैत्र १२ गते सम्म १५ दिन सन्चालन हुने अनुसन्धान केन्द्र का प्रमुख राजु कडेल ले बताउनुभयो ।
कार्यक्रम फाल्गुण २८ गते वरिष्ठ बैज्ञानिक तथा राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र बन्दिपुर का प्रमुख राजु कडेल को अध्यक्ष्यता ,राष्ट्रिय कृषि अनुसन्धान परिषद का पशु तथा मत्स्य निर्देशक सोम प्रकाश श्रेष्ठ को प्रमुख आतिथ्यता ,बन्दिपुर गाउपालिका अध्यक्ष्य पुर्ण सिङ थापाको बिशिस्ट आतिथ्यता ,सानन बाख्रा विशेषज्ञ अमेरिकी नागरिक डेनियल लेनि,अनुसन्धान केन्द्र का बैज्ञानिकहरु,डाक्टरहरु,र प्रशिक्षार्थी कृषक हरुको उपस्थितिमा अनुसन्धान केन्द्रका सुचना अधिकृत डा. शिबहरी घिमिरेको सन्चालन मा उद्घाटन कार्यक्रम सम्पन्न गरि तालिम अगाडि बढाइएको थियो। तालिम मा सातै प्रदेश का बीस जना बाख्रा पालक किसान को सहभागिता रहेको छ।विभिन्न तालिमकेन्द्र हरुले तालिम प्रदान गर्दा सैद्धान्तिक ज्ञान मा मात्र जोड दिइरहेको बर्तमान अवस्था मा यस तालिम मा भने प्रयोगात्मक सिकाइमा बढी जोड दिइएको छ।
प्रशिक्षार्थी हरुलाइ सैद्धान्तिक ज्ञान सङ्गै बाख्रा फार्म मा प्रत्यक्ष उपस्थित गराइ प्रयोगात्मक रुपमै खसी बनाउने,खोर को सरसफाइ,बाह्य परजिबी रोग र सङ्क्रमण को सुरक्षा,औषधि को प्रयोग सुइ लगाउने, शरिरको अवस्था जाँच ,दाना तयार पार्ने लगाएत विभिन्न जातका बाख्रा हरु र तिनिहरुको पालनपोषण लगाएत का अन्य बिषयमा ब्यवहारिक ज्ञान तथा सीप प्रदान गरिएको छ।
यसरी प्रत्यक्ष रुपमा बाख्राहरु सङ्गै रहेर प्रयोगात्मक रुपमा लिएको तालिम आफ्नो बाख्रापालन ब्यवसाय को लागि निकै महत्वपूर्ण साबित हुने र आफुहरुले ब्यवहारिक सीप हासिल गर्न पाउँदा निकै सन्तुष्ट र खुसिभएको सुदुर पश्चिम को बझाङ बाट तालिम मा सहभागी भएका प्रशिक्षार्थी कृषक धन ब सिङ ले बताएका छ्न उनले प्रशिक्षार्थी हरुले निकै उपलब्धी मुलक सीप सिकिरहेको भन्दै बाख्रा अनुसन्धान केन्द्र लाई धन्यबाद समेत दिए।
तालिम मा प्रशिक्षक को रुपमा कृषि ,घाँस ,दाना लगाएत पसुपालन सम्बन्धी विशेषज्ञ हरु,विभिन्न जिल्लाका बिज्ञ केन्द्र का प्रमुख ,अनुसन्धान केन्द्रका बैज्ञानिक डाक्टर लगाएत रहनुभएको छ।