जीवन पाण्डे, बाग्लुङ्ग – कोभिड १९ को प्रभावलाइ मध्यनजर गर्दै बडिगाड गाउँपालिका वडा न. ०६, ले यसभित्र रहेका बिधालय र सामुदायिक भवनलाइ क्वारेन्टाइन वार्ड बनाउने निर्णय गरेको छ । वडाध्यक्ष मौसम काजी क्षेत्रीको संयोजकत्त्वमा सो निर्णय भएको हो । बाहिरबाट आउने र घरमै पनि कोभिड १९ को लक्षण देखिने विरामिलाइ त्यहा लिइ राख्ने वडाध्यक्ष क्षेत्री ले बताउनुभएको छ ।
टोल सुधार समिती, बिधालय व्यवस्थापन समिती , वडा कार्य समिती, सामुदायिक स्वास्थ्य इकाइ र प्र:अ हरुले निर्णय गरेको बताइएको छ । बिशेषगरि वाहिरबाट आउने व्याक्तिलाइ कडा निगरानी गरि त्यहा राखिने बताइएको छ । लक्षण देखिएको र होम क्वारेन्टाइनमा पनि नबसेको थाहा पाइएमा प्रहरी समेत प्रयोग गरि उक्त क्वारेन्टाइन वार्डमा राखिने क्षेत्री ले बडिगाड अनलाइनलाइ जानकारी दिनुभएको छ । क्वारेन्टाइनमा बस्दा खानपान र लत्ताकपडाको भने परिवार ले नै गर्नु पर्ने बताइएको छ ।
यदि क्वारेन्टाइन आवश्यक परेमा वडाध्यक्ष मौसम काजी क्षेत्री ९८५७६६६१०६, छविलाल पुन ९८६०८६८३३९,नरमाया थापा ९८६१९८८०९८,नर बहादुर सुनार,९८६४३३१६०३ र पवित्र बि.क ९८६१९८८०६० मा सम्पर्क गर्न सकिने छ ।