लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी गर्नेलाई वडा कार्यालयले राहत दिने

लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी गर्नेलाई वडा कार्यालयले राहत दिने

Badigad Online
2 Min Read

 

सागर भण्डारी, चैत्र १३ बाग्लुङ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथामका लागि सरकारले देशभर गरेको लकडाउनका कारण धेरैको रोजीरोटी गुमेका कारण दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरु समस्यामा परेका छन् ।

दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउदै आएका श्रमिक मजदुरका लागि संकटको घडीमा बागलुङ जिल्लाको बडीगाड गाउँपालिका वडा नं ७ वडा कार्यालयले बिशेष राहत कोषको व्यवस्था गरेको छ । वडा कार्यालयको बैठकले राहत कोषको स्थापना गरी लकडाउनबाट प्रभावित गरीब, मजदुर, निमुखा जनतालाई सहयोग उपलव्ध गराउने निर्णय गरेको वडा नं ७ का वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

वडा भित्र दैनिक ज्याला मजदुरी गर्नेहरुलाई राहत सामग्री प्रदान गर्ने उद्धेश्य सहित कोषको स्थापना गरिएको उहाँको भनाई छ । वडा कार्यालय भित्र रहेका त्यस्ता परिवारको लगत सकंलन गरि राहत वितरण गरिने उहाँको भनाई छ । राहतकोषमा वडाध्यक्ष गुरुङबाट रु ५ हजार तथा अन्य सबै वडाका सदस्यहरु दिपेन्द्र प्रताप केसी, मीनकुमारी माझी, योगेन्द्र बहादुर माझी, सावित्रा विक तथा वडा सचिव सन्ध्या पौडल जनहीबाट रु ४ हजारका दरले जम्मा रु २५ हजार रकम संकलन भएको छ ।

कोरोनाले ल्याएको संकट सामनाका लागि लक डाउन गरिएको र दैनिक कामकाज ठप्प भएको परिस्थितिमा दैनिक रुपमा मजदुरी गरी आफ्नो पारिवारीक गुजारा गरिरहेका मजदुर र भाईरसका कारणले खाना बाट वञ्चित भएका विपन्न परिवारलाई वडा कार्यालयको राहात कोष बाट राहात स्वरुप खाधान्न सामाग्री उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

वास्तविक पिडितको पहिचान गरी निवेदन र नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि माग गरी वास्तविक पिडितलाई राहात उपलब्ध गराउन वडा अध्यक्ष तथा वडा सदस्यको परामर्शमा घरमै गई राहात उपलब्ध गराउने वडा कार्यालयको तैयारी रहेको उहाँले बताउनुभयो ।

बैठकले कोराना भाईरसका बारेमा वडामा सचेतना कार्यक्रम सन्चालन गर्ने विदेश तथा बाहिरबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा घरमै क्वारेन्टाईनमा बस्न आग्रह गर्दै संकास्पद व्यक्तिहरुका लागी दोवटामा क्वारेन्टाइन निर्माण गरिएको र आपतकालिन स्थितिमा उक्त क्वारेन्टाईनमा राख्ने गरी तैयारी थालिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । ५ बेडको क्वारेन्टाईनलाई आवश्यकता अनुसार बढाउँदै लैजाने उहाँको भनाई छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित