बडिगाड ५ वडाकार्यालयद्धारा कोरोना विपत व्यवस्थापन कोष निर्माण

बडिगाड ५ वडाकार्यालयद्धारा कोरोना विपत व्यवस्थापन कोष निर्माण

Badigad Online
2 Min Read

सागर भण्डारी, १६ चैत्र २०७६ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को सक्रंमण नेपालमा पनि देखिएसगैं कोरोना प्रभावलाई मध्यनजर गदै यसबाट हुने सम्भावित जोखिमलाई मध्येनजर गरेर बडिगाड गाउँपालिका वडा न. ५ वडा कार्यालयले विपत व्यवस्थापन कोषको निर्माण गरेको हो ।

क्वारेन्टाईन व्यवस्थापन, सहयोग र स्वास्थ्य उपचारका लागि राहत सकंलन गरी कोष स्थापना गरी वडाध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो । कोषमा हालसम्म २३ हजार रुपैयाँ सकंलन भईसकेको छ ।

विपत कोषमा वडाध्यक्ष खरेल आफैले नगद रु ५ हजार, स्थानीय झविराम सुनवार र विष्णु प्रसाद आचार्यद्धारा २५ सय २५ सय , त्यस्तै कमलराज आचार्य, तीर्थमणी भुषालले दुई दुई हजार, टिका बहादुर पुन, घम्बीर पेमी, विष्णु कुमारी घिमिरे, कोपिला परियार, कृष्ण बहादुर घिमिरे, मोहन बहादुर जिसी, राजन पाईजा, खेम बोहोराले नगद एक एक हजार र जीवन पाण्डे र प्रदिप थापाले पाँच पाँच सय सहयोग गर्नुभएको छ ।

वडाकार्यालयको बैठकले कोरोना भाइरसका बारेमा गाँउ टोलहरु तथा आम सर्वसाधारणहरुमा सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने, रेडियो सामाजिक सञ्चालमा सुचना प्रशारण प्रकाशन गर्ने र टोलटोलमा पुगी जनचेतना मूलक कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

बिशेषगरि कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल सरकारले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्दै होम क्वारेन्टाइनमै बस्न वडाबासीलाई वडाध्यक्ष घिमिरेले आग्रह गर्नुभएको छ । वडाभित्र भारत लगायतका अन्य तेस्रो मुलक एवम् वाहिरबाट आउने व्यक्तिलाई आ–आफ्ना गाँउ टोलमा विशेष निगरानी गरेर उनीहरुलाई १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमै राख्ने व्यवस्था मिलाउन वडा सबै टोल विकास मार्फत पहल भइरहेको उहाँको भनाई छ ।

साथै वडा कार्यालयले गरिव एवं विपन्न परिवारलाई खाद्यान्न सामग्रीहरु र राहत उपलब्ध गराउने उद्देश्यले वडाका सबै टोल विकास प्रमुख मार्फत राहत कोषको खडा गरिएकोवडाध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित