सुमन सुनार, बाग्लुङ । बागलुङको पश्चिम क्षेत्रमा रहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले एक महिनाको घर भाडा छुटको घोषणा गर्नुभएको छ ।
नगरप्रमुख नेपाली र उहाँकी धर्मपत्नी छेला नेपालीले आफुहरुको नाममा काठमाण्डौ, पोखरा र बागलुङको ढोरपाटन नगरपालिकामा रहेका घरहरुमा आफ्नो व्यवसाय सञ्चालन गरेका र घरभाडामा बस्दै आईरहेकाहरुलाई १ महिनाको घरभाडा नलिने जानकारी दिनुभयो ।
बिभिन्न स्थानको व्यक्ति तथा पसल व्यवसाय गर्ने र कार्यालयका लागि दिएको घरभाडा बापतको ९ लाख ६५ हजार भाडा छुट गरेको नगरप्रमुख नेपालीले जानकारी दिनुभयो । कोरोनाका कारण विश्वभरको अर्थतन्त्रमा असर परिरहेका बेला लकडाउन भएको यो स्थितिमा आफ्नो व्यापार व्यवसाय सबै भन्द भएको र डेरामा बस्नेहरुले पनि काम गर्ने स्थिति नभएपछि घरभाडा छुट गरेको उहाँले बताउनुभयो ।
Badigad Online