वडीगाड ७ वडा कार्यालयले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मास्क र सेनिटाईजर वितरण गर्यो

वडीगाड ७ वडा कार्यालयले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मास्क र सेनिटाईजर वितरण गर्यो

Badigad Online
3 Min Read

सागर भण्डारी, चैत्र २० बाग्लुङ । वडीगाड गाउँपालिका वडा नं ७ वडा कार्यालयले ईलाका प्रहरी कार्यालय भिमगिठे र स्वास्थ्य चौकीमा मास्क र सेनिटाईजर वितरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको विरामीहरु सगं प्रत्यक्ष रुपमा सम्पर्कमा आउने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सुरक्षा सवेंदनशीलतालाई ध्यानमा राखेर वडा अध्यक्ष कृष्ण गुरुङको संयोजकत्वमा स्थापना गरिएको राहात कोष मार्फत उक्त सामाग्री सहयोग गरिएको हो ।

पहिलो चरणमा वडाध्यक्ष गुरुङले १ सय पिस सेनिटाईजर र ५० थान माक्स खरिद गरि स्वास्थ्य चौकिमा २० पिस सेनिटाईजर र १२ पिस माक्स स्वास्थ्य चौकीका प्रमुख विपेन्द्र केसीलाई हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै ईलाका प्रहरी कार्यालय भिमगिठेका ईन्चार्ज रिन बहादुर वैदवारलाई ९ थान माक्स र ८ थान सेनिटाईजर वितरण गर्नुभएको हो ।

साथै विद्युत, रेडक्रस र मिडियाकर्मिहरुलाई समेत माक्स र सेनिटाईजर उपलब्ध बनाउँदै अध्यक्ष गुरुङले सबैलाई कोरोना भाईरस बाट सुरक्षित हुनका लागि सम्बन्धित सबैले आ आफ्नो ठाउँबाट जिम्मेवारी बहन गरि नेपाल सरकारले जारी गरेको लकडाउनलाई सचेत नागरिकको हिसाबले पालना गरी सुरक्षित र सयंम रहनु आग्रह पनि गर्नुभएको थियो ।

माक्स र सेनिटाईजर बितरण कार्यक्रममा वडा कार्यालयले संचालन गरेको राहात कोषको स्मरण गर्दै वडा कार्यालयले वडामा कोरोना भाईरस र लकडाउनको कारण प्रभावित बनेका ज्यालामजदुरी गर्नेहरु कोहि पनि एक गाँस खाना बाट बञ्चित नहुन भनी संचालन गरिएको राहत वितरण कार्यक्रम पहिलो चरणमा सम्पन्न भएको बताउनुभयो ।

साथै उहाँले यही कोही लकडाउनका कारण भोकै वस्ने स्थिति आएको भए वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको थियो । राहात कोष स्थापनाको अभियानमा देश तथा विदेशमा रहि सहयोग गर्ने सम्पूर्ण सहयोगि मनहरु प्रती उच्च सम्मान गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

“हामिले नगरे कसले गर्ने“ भन्दै अध्यक्ष गरुङले मिडियाकरणको लागि नभई एक जिम्मेवार जनप्रतिनिधिको भुमिका निभाउने कोशिस गरेको र अहिलेको परिवेशमा सबैले काम गर्नका लागि राज्यको वजेट मात्र ताक्ने परिपाटिलाई समेत चुनौति दिदै स्थानिय सरकार संचालनमा एउटा ईटा थप्ने प्रयत्न गरेको बताउनुभयो ।

साथै उहाँले मिडियाकर्मिहरुलाई धन्यवाद दिदै मिडिया मार्फत कोरोना भाईरस सम्बन्धमा चेतना फैलाउन अनुरोध गर्नुभएको थियो । अन्तिममा अध्यक्ष गुरुङले आफ्नो टोल तथा छरछिमेकमा भारत वा तेस्रो मुलकुबाट जो कोहि आएको भएपनि वडा कार्यालयलाई जानाकारी दिन र अनिवार्य रुपमा होम क्वारेन्टाईन बस्न पनि आग्रह गर्नुभएको थियो ।

आपतकालीन स्थितिमा विरामी राख्न क्वारेन्टाइन निर्माण गरिएको बताउँदै आफ्नो वडाभित्र आगामि दिनमा आउने खाधान्न र स्वास्थ्य समस्यालाई समेत मध्यनजर गरि खाधान्न, माक्स र सेनिटाईजर जस्ता अति आवाश्यक चिजहरुको समेत स्टक गरि राखिएको बताउनुभएको थिया ।

उक्त अवसरमा अध्यक्ष गुरुङले अभियानमा खटिएका वडा सदस्यहरु र राहात बितरण समितिका सदस्य दिपेन्द्र के.सी र मिना रायमाझीलाई समेत विशेष धन्यवाद र आभार प्रकट गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित