ढोरपाटन नगर प्रमुख नेपालीद्धारा गरिब जनतालाई खाद्यान्न सामाग्री वितरण

ढोरपाटन नगर प्रमुख नेपालीद्धारा गरिब जनतालाई खाद्यान्न सामाग्री वितरण

Badigad Online
3 Min Read


सुमन सुनार,बुर्तिबाङ चैत्र २० गते । यति वेला देशका नागरिकहरु ‘लकडाउन’ अर्थात घरभित्रै बसेर नोबेल कोरोनाभाईरस (कोविड १९) विरुद्ध लडिरहेका छन् । लकडाउनले हजारौं मान्छेको ज्यानजोगाउँन सघाएको छ । तर लकडाउनको प्रत्यक्षप्रभाव, ज्याला–मजदुरी गरेर पेट पाल्ने,आजै कमाउने र आजै खाने खालका गरिव, मजदुर बर्गतथा सहारा विहिन बृद्धबृद्धाहरुको चुलोमा देखा परेको छ । कोरोनाप्रभावले गरिव तथा विपन्न परिवारको दैनिकीलाई खल्बल्याएको छ । विहान बेलुकी कसरी छाक टार्ने भन्ने उनिहरुमा चिन्ता छ ।

यस्तो विषम परिस्थीतीलाई मध्यनजर गरी बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले व्यक्तिगत रुपमा नगरका गरिब जनतालाई राहत स्वरप खाद्यन्न सामाग्री उपलब्ध गराउनुभएको छ । नगर प्रमुख नेपालीले नगर स्तरका १ सय ७ अतिगरिव तथा विपन्न घरपरिवारलाई खाद्यन्न उपलब्ध गराउने घोषणा गरे संगै आज आफ्नै निवासबाट खाद्यन्न वितरण सुरु गर्नुभएको हो ।

आज पहिलो दिन ६८ घर परिवारलाई खाद्यन्न उपलव्ध गराइएको नगर प्रमुख नेपालीले बताउनुभयो । जस अन्तर्गत वडा नं. १ का १९ घरपरिवार, वडा नं. २ का १३, वडा नं. ३ का १२, वडा नं. ५ का १०, वडा नं. ६ का १० र वडा नं. ७ का ९ मध्य ४ घर परिवार गरी ६८ घरपरिवारलाई खाद्यन्न सामाग्री उपलब्ध गराइएको नेपालीले जानकारी दिनुभयो । नगर प्रमुख नेपालीका अनुसार, बाँकी रहेका वडा नं. ४, ७, ८ र ९ का ३९ घरपरिवारलाई घर÷घरमै पुगेर खाद्यन्न उपलब्ध गराईनेछ । प्रति घरपरिवार जिरा स्टीम चामल १ बोरा, २ केजी दाल, चिनी १ के.जी, खाने तेल १ पोका, नुन १ के.जी, वाईवाई चाउचाउ ५ प्याकेट र स्वायविन (तरकारीका रुपमाप्रयोग गरिने) १ पोकाउपलव्ध गराइएको नगर प्रमुख नेपालीको भनाई छ ।

“नगर प्रमुख नेपालीले भन्नुभयो, तपाईँ हाम्रो वरपर ज्याला–मजदुरी गरेर पेट पाल्ने जग्गाजमिन र घरबारविहीनहरुको संख्या धेरै छ । उनिहरुलाई मजदुरी गरेर गुजारा चलाउनुको विकल्प छैन् । हुनेखाने परिवारमात यसको प्रभाव देखिएको छ भने हुँदाखानेहरुको अवस्था कस्तो होला ? हामीआफै मुल्याङ्कण गर्न सक्छौँ । त्यसैले आ–आफ्नो ठाउँबाट उनिहरुको सहयोगमा जुट्न पनि सबैमा अनुरोध गर्दछु” । ढोरपाटन नगरपालिकाले आफ्ना जनताहरुलाई उचितउपचारको व्यवस्थासंगैउनिहरुलाई राहतको लागि निरन्तर प्रयासरत रहेको उहाँले बताउनुभयो । कोरोनाभाईरस संक्रमणबाट आफु, आफ्नो समुदाय र देशलाई बचाउन र लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि घरभित्रै बस्न समेत आग्रह गर्नुभएको छ ।

लकडाउनका कारण दैनिक गुजारामा समस्या भईरहेको अवस्थामा नगर प्रमुख नेपालीले खाद्यन्न सहयोग गरेको भन्दै प्रभावितहरुले खुशीव्यक्त गरेका छन् । “ढोरपाटन नगरपालिका वडा नं. ६ का खड्क बहादुर पुनले भन्नुभयो, लकडाउनले मजदुरी गर्न नपाएपछि सुख्खा दाल भात समेत खान नपाउने भएका छौँ, हामी जस्ता गरिवको चुलो बल्न समेत धौधौ छ । यस्तो अवस्थामा मेयर साहावले खानेकुरा दिनुभयो हामीनिकै खुशी छौँ” ।

खाद्यन वितरण कार्यक्रममा ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत धन प्रसादपोखरेल, नगर प्रमुख नेपालीकी धर्मपत्नी छेला नेपाली सहित वडा अध्यक्ष, पत्रकार लगायतको विशेष उपस्थीती रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित