छैटौं कोरोना संक्रमित पनि बागलुङकी ६५ वर्षीया वृद्धा

छैटौं कोरोना संक्रमित पनि बागलुङकी ६५ वर्षीया वृद्धा

Badigad Online
2 Min Read


बाग्लुङ चैत्र २० । नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गर्नुभयो ।

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए । अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् । छ कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएकी छैटौं संक्रमित महिला बाग्लुङ नगरपालिका (३ गौडाकोटकी रहेको पुष्टि भएको छ ।

बाग्लुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले स्याब परीक्षणका लागि नमूना लगिएको ती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएको आफूले जानकारी पाएको बताउनुभयो । बेल्जियमबाट कतार एअरवेजको क्यूआर ६५२ नम्बरको विमानबाट ४ चैतमा ती महिला काठमाडौं ओर्लिएकी थिइन्। यसअघि पाँचौ संक्रमित युवती पनि बाग्लुङ नगरपालिका (३ कै बासिन्दा हुन ।

यी दुवैजना एकैसाथ बेल्जियमबाट आएका हुन ्। उनीहरू काठमाडौं ओर्लिएपछि यति एअरलाइन्सको विमान चढेर पोखरा विमानस्थल ओर्लिएका थिए । पाँचौ संक्रमित युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि एकैसाथ आएकी ६५ वर्षीया महिलाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको थियो।

नगरप्रमुख पौडेलले ती महिला अहिले घरमै क्वारेन्टाइनमा बसिरहेको बताउनुभयो । कोरोना भाइरस पोजिटिभ देखिएपछि अब उनलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको छ। कोभिड(१९ संक्रमणको पुष्टि भएकी बाग्लुङ नगरपालिका ३ की १९ वर्षीया युवतीको भने अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

दुवै संक्रमितका परिवार र नजिकको सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ । यससगैं बाग्लुङमा मात्रै २ जनामा कोरोना सक्रंमणको पुष्टी भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित