फोटोः राहत वितरण गर्दै
कमल पौडेल २० चैत्र, बागलुङ । बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौर, बागलुङले पहिलो चरणको राहत वितरण अन्तरगत वडा भित्रका ८२ परिवारमा राहत वितरण गर्ने जनाएको छ।
जस अन्तरगत विहिवार ४४ परिवार मा राहात वितरण गरेको र वाँकी ३८ परिवारमा शुक्रवार राहत वितरण गर्ने कार्यक्रम रहेको राहत संकलन समितिका सदस्य टिका पाइजाले जानकारी दिनुभएको छ।
वडा अध्यक्ष सहित जनप्रतिनिधि, प्रहरी, स्थानिय संघसंस्थाको सहभागितामा राहत स्वरुप प्रति घर परिवार २५ केजि चामल,१ केजि चिनि, १ लिटर तेल २ केजी दाल, १ पोका नुन, २ वटा सावुन र १०० ग्राम चियापत्ति वितरण गरिएको हो। पहिलो चरणको राहत वितरण पछि दोश्रो चरणको राहत वितरण गरिने र स्थानिय सरकारको प्रत्याभुति दिलाउन राहत वितरण कार्य गरेको वडा अध्यक्ष अर्जुन प्रसाद खरेलले बताउनु भएको छ।
वडामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न र त्यसबाट प्रभावित स्थानियलाई राहत दिने गरि वडा अध्यक्षको नेतृत्वमा राहत कोष स्थापना गरिएको छ। जस अन्तरगत हाल सम्म ३ लाख ६० हजार संकलन भैसकेको संकलन समितिका सदस्य टिका पाइजाले जानकारी दिनुभएको छ।