कोभिड १९ सङ्क्रमित बाग्लुङकी वृद्धाको स्वास्थ्य अवस्था सामान्य

कोभिड १९ सङ्क्रमित बाग्लुङकी वृद्धाको स्वास्थ्य अवस्था सामान्य

Badigad Online
1 Min Read
File Photo

बाग्लुङ चैत्र २१ । छैटौँ कोभिड १९ सङ्क्रमित ६५ वर्षीय बागलुङका वृद्धाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

अवस्था सामान्य भए पनि उनलाई निगरानीमा राखेर उपचार गर्नका लागि धौलागिरि अस्पतालमा ल्याइएको अस्पतालका सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले सीआईएनसँग बताउनुभयो ।

गाउँमा अरु नागरिकमा त्रास नफैलियोस् भन्नका लागि पनि उनलाई उपचारका लागि अस्पतालमा ल्याइएको हो । हिजो ती वृद्धा महिलामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ भएको पुष्टि भएको थियो । योसँगै नेपालमा कोभिड–१९ बाट संक्रमित हुनेको सङ्ख्या ६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पुष्टि भएका छैटौँ वृद्ध महिला गत चैत ४ मा कतारबाट नेपाल फर्किएका थिइन् । नेपालको दोस्रो कोरोना सङ्क्रमित काठमाडौँकी एक १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६ सय ५२ मै छैटौँ संक्रमित महिला पनि आएको पाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित