प्रेम सुनार गुल्मी, चैत्र २१। प्रदेश ५ की सांसद गिता थापाले गृह जिल्ला गुल्मीको सदरमुकाम रहेका अति विपन्न मजदुरहरुका लागि राशन खर्च पठाएकी छन् ।
कोरोना भाईरसको संक्रमण र त्यसबाट बच्न सरकारले घोषणा गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउँदै आएका सदरमुकामका अति विपन्न मजदुरहरुलाई १० हवार बराबरको र खर्च पठाएकी हुन् ।
तम्घासका केहि अति छाक अड्किएको जानकारी सञ्चारकर्मी मार्फत पाएपछि आफुले थोरै भए पनि राहत पुराउविपन सकियोस् भनेर १० हजार बराबरको राशन खर्च पठाएको सांसद थापाले बताईन ।
उनले स्थानीय र प्रदेश सरकार संग पनि मजदुरहरुको राहतका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । सांसद थापा अस्थाई राजधानी वुटवलस्थित आफ्नै निवासको सेल्फ क्वारेन्टाईनमा सुक्षित रहेको जानकारी दिए जिल्लावासी पनि आ आनो घरमै सुरिक्षत रहन आग्रह गरेकी छन् ।
Badigad Online