कोरोनाको खोप परीक्षण सफल भएको अमेरिकी अनुसन्धानकर्ताको दाबी

कोरोनाको खोप परीक्षण सफल भएको अमेरिकी अनुसन्धानकर्ताको दाबी

Badigad Online
1 Min Read
File Photo

चैत २१, २०७६ । अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दाबी गरेको छ ।

यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन् । पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका छन् ।

पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने दावी प्रतिवेदनमा छ । अनुसन्धानकर्ताहरूको निष्कर्ष ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको हो । मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी ९रोग प्रतिरोधक० उत्पादन गर्ने देखायो । जसलाई नयाँ कोरोनाभाइरस भनेर चिनिन्छ । विश्वविद्यालयका अन्वेषकहरूले मुसाको एन्टिबडी ९रोग प्रतिरोधकले भाइरसलाई निष्प्रभावी गर्न पर्याप्त रहेको जनाएका छन् ।

शोधकर्ताहरू अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट अनुसन्धानका लागि नयाँ औषधि स्वीकृति खोज्ने प्रक्रियामा रहेको उल्लेख गरेका छन् । अर्को केही महिनामा मानवमा क्लिनिकल ९रोग विषयक०परीक्षण शुरु हुने आशा उनीहरुले व्यक्त गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित