कोरोना शंकास्पद बाग्लुङ ताराखोलाका बालकको रिपोर्ट नेगेटिभ

कोरोना शंकास्पद बाग्लुङ ताराखोलाका बालकको रिपोर्ट नेगेटिभ

Badigad Online
1 Min Read
File Photo

चैत्र २१ बाग्लुङ । कोरोना शंकास्पद ताराखोलाका ६ वर्षीय बालकलाई कोरोना संक्रमण नभएको पाइएको छ ।

कोरोना भाइरसको आशंकामा उनको स्वाब परिक्षणपछि रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शिक्षा प्रशिक्षक स्वास्थ्य निर्देशनालय पोखराका नवराज शर्माले जानकारी दिनुभयो ।

उनलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बच्चा वार्डमा उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो । उनको अवस्था अहिले सामान्य रहेको छ ।

बालक पोखरा स्थित गणेश टोलमा बस्दै आएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित