क्वारेन्टाईनमा बस्दा यस्ता कुरामा विचार पुर्याउनुहोस्

क्वारेन्टाईनमा बस्दा यस्ता कुरामा विचार पुर्याउनुहोस्

Badigad Online
3 Min Read
File Photo

काठमाण्डौ, चैत्र २२ । यतिबेला विश्वभर महामारीको रुपमा कोरोना भाईरसको प्रकोप बढीरहेको छ । नेपालको छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना यतिबेला विश्वका कैयन मुलुकमा फैलिसकेको छ । नेपालको अर्को छिमेकी मुलुक भारतमा पनि कोरोनाको प्रकोप बढीरहेको छ । यसरी हेर्दा नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेको कुरालाई मध्येनजर गरेर नेपाल सरकारले देश लकडाउन गरेको छ । यतिबेला हामी सबै आ आफ्नो घरमा क्वारेन्टाईनमा बसीरहेका छन् । क्वारेन्टाईनमा बसेका बेला के गर्ने भनेर आज हामीले केही टिप्सहरु यहाँलाई जानकारी गराउँदछौँ ।

क्वारेन्टाईनमा कसरी बस्ने ?

१. सकेसम्म सबै सुविधा भएको एउटै कोठामा बस्नुपर्छ । घरका सम्पूर्ण कोठाको उपयोग गरिए संक्रमण देखिएको खण्डमा पूरै घर सफा गर्नुपर्छ ।

२. सिङ्गो घरमा एक्लै क्वारेन्टाइनमा बसे बाहिरी दुनियाँसँग निरन्तर फोन र मेसेज सम्पर्कमा रहनुपर्छ । यदि दीर्घकालीन रोगी भए अस्पताल वा चिकित्सकसँग सोझे फोन सम्पर्कमा रहनुपर्छ ।

३. संक्रमणको आशङ्कामा रगतको जाँच गरेर रिपोर्ट आउँदासम्मलाई घर पठाइएको भए निश्चित कोठामा मास्क लगाएर सकेसम्म परिवारका सदस्यबाट टाढा बस्ने । अलग बाथरुम र शौचालय प्रयोग गर्ने ।

४. घरपालुवा पशुपक्षीबाट टाढा बस्ने (हङकङमा मानिसबाट कुकुरलाई कोभिड—१९ सरेको थियो ।)

५. परिवारका सदस्यभन्दा बाहेकलाई घरमा आउन नदिने ।

६. स्वास्थ्य जाँचका लागि नजिकको अस्पतालमा फोन गरेर सम्पूर्ण जानकारी गराएर मात्र जाने, जसकारण अस्पतालका स्वास्थ्यकर्मिलाई सुरक्षित ढङ्गले उपचार गर्ने तयारीका लागि समय मिल्छ ।

७. लक्षण देखिनासाथ मास्क लगाउने, हाच्छिउँ गर्दा, खोक्दा आफ्नो मुख नाकलाई कपडा वा पेपरले छोप्ने । छोप्दा प्रयोग भएका वस्तुलाई बन्द फोहोर फ्याँक्ने भाँडोमा फाल्ने र २० सेकेन्ड लगाएर मिचेर हात धुने वा ह्यान्ड स्यानिटाइजरले सफा गर्ने ।

८. आफ्ना व्यक्तिगत लत्ताकपडा, भाँडाकुँडा, साबुन आदि अरूलाई चलाउन नदिने । आफूले छोएका घरको ताल्चा, चाबी, बरण्डाको डण्डी, टिभीको रिमोट, मोबाइल, कम्प्युटरको माउस, किबोर्ड आदि राम्रोसँग सफा गर्ने ।

९. जथाभावी नथुक्ने, सिंगान नफाल्ने, फालेको पनि आफैंले सफा गर्ने ।

१०. धेरै जना एकै ठाउँमा क्वारेन्टाइनमा बस्नु परे खुला, धेरै कोठा भएको, हावा आवतजावत हुने ठाउँको प्रयोग गर्ने ।

११ लक्षणहरूबाट विचलित नहुने, लक्षण बढेको खण्डमा तुरुन्त चिकित्सकको सल्लाह लिने ।

१२. क्वारेन्टाइनमा रहँदाको अवस्थामा नजिकैको प्रहरी, अस्पताल, रेडक्रस वा अन्य सामाजिक संघसंस्थाको फोन नम्बर सुरक्षित राख्ने ।

आत्मबल बढाउने तरिका

१. परिवारका सदस्यसँग निरन्तर कुराकानी गर्ने । समाचारका लागि आधिकारिक सञ्चारमाध्यम पछ्याउने । सामाजिक सञ्जालमा आउने कतिपय भ्रामक समाचार नपढ्ने ।

२. परिवारका कम उमेरका सदस्यलाई सम्भावित संक्रमण विरुद्ध हौसला प्रदान गर्ने । दैनिक क्रियाकलाप सामान्य रूपमा गर्न प्रोत्साहित गर्ने ।

३. साथीभाइ, नातागोतासँग निरन्तर फोन तथा मेसेजमा कुरा गरिरहने ।

४. योग, ध्यान, कसरत दैनिक गर्ने । घरको प्यासेज, छत वा आँगनमा केही समय हिंड्ने र स्वच्छ हावा लिने ।

५. घरमै बसेर अनलाइनबाट गर्न मिल्ने कार्यालयको काम गर्ने ।

६. क्वारेन्टाइनको समयलाई सकेसम्म सदुपयोग गर्ने । जस्तै, पुस्तक पढ्ने, चित्र कोर्ने, वाद्यवादन आदि सिक्ने ।
सेल्फ क्वारेन्टाइनको १४ दिनसम्म कुनै लक्षण नदेखिए पुरानो दैनिकीमा फर्कन सकिन्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित