कोरोना संक्रमणबाट यसरी बच्न सकिन्छ

कोरोना संक्रमणबाट यसरी बच्न सकिन्छ

Badigad Online
6 Min Read

चिनको वुहान शहरवाट शुरू भएको नोभेल कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि अनेक प्रयत्नहरू हुँदा पनि यसले आफ्नो संक्रमणको आकार अझ फैलाउदै लगेको छ । एकाएक विश्वले,मानवजातीले एउटा ठुलो प्रकोपसंग लड्नु परेको छ, यो लडाइ जितेर सारा मानवलाई सुरक्षित गर्नुपर्ने छ आजको विश्वले ! नदेखिने शत्रुसंगको लडाइमा छौ हामी, हतियार वोकेर आम्ने–साम्ने लड्ने शत्रुसंग भन्दा नदेखिने, लुकेर लड्ने शत्रुसंग लडन अझ गार्हो हुन्छ ।

‘‘अहिले हामी नदेखिने शत्रुसंगको लडाइमा छौँ ।’’ आज कोरोना नदेखिएर लुकेर हामीसंग लडाइ गरिरहेको छ, कोभिड १९ वाट हाल सम्म विश्वभर ४४ हजार वढीको ज्यान गई सकेको छ, ८ लाख वढी संक्रमित भइसकेका छन् । संक्रमितको संख्या दिन प्रतिदिन वढ्दै गएको छ । शुरूमा चिनमा कोरोना भाइरसको संक्रमण देखिए लगत्तै त्यसलाइ विश्व समुदायले गम्भीरता पूर्वक लिएन । चीन सघन उपचारमा जुटिरहेका वेला विश्वका कयौं मुलुकहरूले त हाँसीमजाक समेत गरेको देखिन्थ्यो ।

चीनले सहयोग माग्दा पनि यो उसकै समस्या हो भन्ने ढंगले पनि विश्लेषण गरियो, नेपालमा पनि माओको फोटोमा माक्स लगाएको कार्टुन समेत वनाउन भ्याए, यसको अर्थ कोरोना हामी कहाँ आउदैन भन्ने थियो सवैलाई तर कोरोना भाइसरले न राष्ट्रिय सिमा चिन्थ्यो न यो देश न त्यो देश, न ठुलो न सानो न धनी गरिव, न कुनै राजनैतिक आस्था र विचार, वाद वा व्यवस्था, नत कुनै धर्म आखिर यो सवैका लागि सामुहिक चुनौति वन्यो ।

अहिले हरेक सिमा छिचोल्दै कोरोना भाइरसको संक्रमण विश्वको दुई सय वढी मुलुकहरूमा फैलिएको छ । विश्वको आर्थिक देखी जनशक्ति, स्रोतसाधनले सम्पन्न मानिएका मुलुकहरूलाई समेत कोरोना संक्रमणलाई नियन्त्रणमा लिन हम्मे–हम्मे परिरहेको वर्तमान अवस्थामा विकासोन्मुख हाम्रो देशमा स्थिति अझ भयावह हुन सक्छ ।

जुन देशका नागरिकले कोरोना प्रकोपको गम्भीरतालाई वुझी स्वास्थ्य संवेदनशिलता अपनाए त्यहाँ क्षति कम भएको छ, जहाँ सजकता अपनाइएन् त्यहाँ क्षति वढी भएको देखिन्छ । हाम्रो देश जहाँ आर्थिक गतिविधि, पुर्वाधार, जनशक्ति, हरेक दृष्टिकोणले सम्पन्न छैनाँै, भएको संरचना र जनशक्तिले अहिलेको मागलाइ सम्वोधन गर्न सक्ने छैन, कोरोना भाइरसको महामारी फैलियो भने त्यसलाइ नियन्त्रण गर्न अत्यन्त गाह्रो पर्नेछ ।

‘‘कोरोना संक्रमणलाई नियन्त्रणमा लिन शक्तिशाली देशमा हम्मे–हम्मे परिरहेको वर्तमान अवस्थामा विकासोन्मुख हाम्रो देशमा स्थिती अझ भयावह हुनसक्छ ।’’ यहि कुरालाइ मध्यनजर गरि सरकारले नियन्त्रणका विभिन्न उपायहरू अवलम्बन गरेको छ । हाम्रो मुलुकमा कोरोना संक्रमण रोकथामको लागि सवै भन्दा उत्तम विकल्प भनेको कोहि कसैको सम्पर्कका नआएर सवै आ–आफ्नो ठाउमा सुरक्षित हुनु नै हो । सरकारले यस प्रकारका कदमहरू चरणवद्ध रूपमा चालेको देखिन्छ ।

२५ जना भन्दा धेरै भेला नहुने देखी लामो दुरिका साधन सञ्चालनमा रोक, सिमा नाकावन्द हुँदै अहिले लकडाउन गरेको छ । यसको अर्थ सर्वसाधारणहरूले हरेक कुरामा सतर्कता अपनाउन भन्ने नै हो तर अहिले पनि हाम्रो सजकता जस्तो हुनुपर्ने हो, त्यस्तो हुन सकिरहेको छैन । लकडाउनलाई हामिले वुझेनौं वा वुझाउन सकेनौँ ! लकडाउन जो जहाँ छ त्यहि सुरक्षित ढंगले वस्ने भन्ने हो । सरकारले घरभित्र एकान्तवास वस्नुस भनेको छ, तर यसको पालना र कार्यन्वयनमा दुवैमा केही समस्याहरू देखिएको छ । कोरोना संक्रमण देखि वच्ने भनेको गाउदेखी सहर जाने वा सहरदेखी गाउँ आउने कदापी होइन । हामी जहाँ भएपनि केही फरक पर्दैन, फरक त हामी सुरक्षित छौं कि छैनौ, त्यस अनुसारको व्यवहार गरेका छौ कि छैनौँ भन्नेमा भर पर्छ ।

तर अहिले लकडाउनको वेला पनि यतावाट उता र उतावाट यता जाने आउने भइरहेको छ । प्रशासन कार्यालयहरूमा पास वनाउनेहरूको घुइचो लाग्ने गरेको छ, यो राम्रो हुँदै होइन, हो अहिले भारतवाट आउने नेपालीहरू र केही मजदुरी वा अन्य कामको सिलसिलामा जिल्ला बाहिर रहेकाहरू जिल्ला भित्रिदै हुनुहुन्छ, समस्याहरू होलान, खाना वस्न लगाएत अन्य व्यवस्थापनको यी सवै हुदाहुँदै पनि अहिले मानिसहरू यताउता नगरेकै वेस । हामीले तपाईंहरू नआउनुस त्यहि सुरक्षित हुनोस भन्ने सल्लाह दिदा नै राम्रो हुन्छ ।

‘‘हामीले देश बाहिर तथा जिल्ला बाहिरबाट आएका नागरिकलाई तथ्यांक सहित क्वारेन्टाइनमा सुरक्षित ढंगले राख्न जरूरी छ । ’’
वरू सवै तहका सरकारहरूले जो जहाँ छ त्यहि तथ्यांक संकलन गरि वाहिरका र समस्या भएकाहरूलाइ गास, बास र अन्य आधारभूत आवश्यक्ता पूरा गर्नु नै अहिलेको उत्तम विकल्प हो । तर भारतवाट देश खोज्दै नाकामा आएका र एक जिल्लावाट अर्को जिल्लामा आईहाले पछि उनिहरूलाइ भारतवाट हो भने नाका क्रस गरे लगतै र वाहिरी जिल्ला वा जिल्ला भित्र एक ठाउँवाट अर्को ठाउँमा आए वा गए व्यवस्थित तथ्यांक सहित क्वारेन्टाइनमा सुरक्षित ढंगले राख्न जरूरी छ ।

तर अहिले गाउमा यस्तो गरिएको देखिदैन, वाहिरी जिल्लावाट भित्रीएकाहरू लाई आ–आफ्नो घरमा जान दिईएको छ, होम क्वारेन्टाइनमा वस्नुहोला भन्दै।हामी कति अनुशासित भएर वस्छौ हाम्रो आनिवानी कस्तो छ, त्यता तर्फ पनि राज्यका निकायले ख्याल गर्न जरूरी छ । म आफु पनि सुरक्षित हुन्छु र भाइरसको माध्यम म वन्दिन भन्नालाई पनि हामिले लकडाउनको आधारभुत सिद्धान्तलाई आत्मासाथ गर्नुपर्ने हुन्छ । यो हाम्रा लागी हो, यसको अवज्ञा वहादुरले होइन मुर्खले गर्ने हो । विश्व प्रशिद्ध दार्श्निनक प्लेटोले भनेका छन् असल मानिसले कानुन नै नभएपनि नैतिक र जिम्मेवारी पुर्ण तरिकाले काम गर्छ भने खराव मानिसले जति कडा कानुन भएपनि त्यो कानुन मिच्ने वाटो भेट्छ ।

विश्व प्रशिद्ध दार्श्निक प्लेटोले भनेका छन् : ‘असल मानिसले कानुन नै नभएपनि नैतिक र जिम्मेवारी पुर्ण तरिकाले काम गर्छ भने खराव मानिसले जति कडा कानुन भएपनि त्यो कानुन मिच्ने वाटो भेट्छ ।’

होम राज केसी
पुर्न:स्थापना सहायक अपांङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्र तम्घास गुल्मी

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित