सांसद पौडेल निर्वाचन क्षेत्रमा, कोरोनावाट वच्न सतर्कताको विकल्न नभएको भनाई

सांसद पौडेल निर्वाचन क्षेत्रमा, कोरोनावाट वच्न सतर्कताको विकल्न नभएको भनाई

Badigad Online
1 Min Read

कमल पौडेल, २३ चैत्र, बागलुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले कोभिड १९ बाट वच्न सतर्कता अपनाउनुको विकल्प नभएको बताउनु भएको छ।

आज आफ्नो निर्वाचन क्षेत्रमा अन्तरगत खर्वाङमा बडिगाड गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा छलफलमा सहभागि हुँदै सांसद पौडेलले नाकामा थप कडाइ गर्न आग्रह गर्नुभएको थियो। खर्वाङ आफैमा नाका भएको र प्रहरीको जनशक्ति कम भएको भनि वडा अध्यक्ष सहितले प्रश्न उठाएपछि साँसद पौडेलले तत्काल जनशक्ति वढाएर भएपनि सिमामा कडाइ गर्न निर्देशन दिनुभएको थियो।

सो अवसरमा प्रहरी चौकीको लागि मास्क तथा स्वास्थ्य शाखाको लागि ३ थान पिपिइ सेट उपलब्ध गराउनु भएको थियो। सो छलफलमा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, वडा अध्यक्ष ढालेन्द्र शेरचन, लगाएतको सहभागिता रहेको थियो।

यसै विच सांसद पौडेल आजै बुर्तिवाङ लगाएतको क्षेत्रको निरिक्षण गर्नुभएको छ भने ढोरपाटन नगरपालिका लगाएत स्थानिय तहमा पिपिइ सहितका स्वास्थ्य सामाग्रिको हस्तान्तरण गर्नुभएको छ। राजनैतिक नेताहरु होम क्वारेन्टाइनमा वसिरहेको बेला सांसद पौडेल निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्रि सहित आएको भन्दै स्थानियले खुसि व्यक्त गरेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित