कोरोना आशंकामा कपिलवस्तुका एक जना आइसोलेसनमा

कोरोना आशंकामा कपिलवस्तुका एक जना आइसोलेसनमा

Badigad Online
1 Min Read

कपिलवस्तु चैत्र २३ । कपिलवस्तुमा कारोनाको आशंकामा एक जनालाई आइसोलेसनमा राखिएको छ । ज्वरो र खोकी आउने तथा छाती दुख्ने समस्या देखिएपछि उनलाई कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखिएको हो ।

उनको अहिले आइसोलेसनमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले बताउनुभयो । बिरामीलाई शुक्रबार शिवराज नगरपालिको चन्द्रौटामा रहेको अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाईएको थियो ।

‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको छ, त्यस्ले बिरामीलाई आइसोलेसनमा राखेर उपचार जारी राखेका छौ’ बन्जाडेले भन्नुभयो ।

बिरामीको स्वाब परीक्षणका लागि आईताबार बुटवल पठाईने उहाँले बताउनुभयो । कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिएको यो पहिलो बिरामी रहेको उहाँले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित