वामी स्वास्थ्य चौकीले सुत्केरी विरामी चेकजाँच गर्न नमानेको स्थानीयको आरोप

वामी स्वास्थ्य चौकीले सुत्केरी विरामी चेकजाँच गर्न नमानेको स्थानीयको आरोप

Badigad Online
2 Min Read

सागर भण्डारी,चैत्र २३ गुल्मी । मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सार बजारमा रहेको वामी स्वास्थ्य चौकीले सुत्केरी विरामीलाई फर्काएको स्थानीयले गुनासो गरेका छन् ।

वडा नं ७ सेराकी धनीकला रानाले आफ्नी बुहारी सिता रानालाई सुत्केरी बेथा लागेपछि चैत्र १६ गते विहान वामी स्वास्थ्य चौकीमा फोन गरेर बुझ्दा स्वास्थ्य चौकीमा कोरोना भाईरसको चेकजाँच भईरहेको र यहाँ नल्याउन भनेको बताउनुभयो ।

३ दिन अगाडी देखिनै बुहारीलाई सुत्केरी बेथाले च्यापेपछि घरमै सुत्केरी गराउन कोशिस गरेपनि नभएपछि १६ गते स्वास्थ्य चौकीमा लैजानका लागि फोन गरेर बुझ्दा यस्तो बताएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा कोरोनाको जाँच भएको र पाल्पा लैजान भनेपछि उहाँले मजुवामा फोन गर्दा मजुवामा समेत प्रसुती सेवा नहुने भनेपछि पाल्पा लगेर जान परेका उहाँले गुनासो गर्नुभयो ।

वडा नं ७ का वडासदस्य लक्ष्मण खरालले ऐम्बुलेन्सको व्यवस्था गरेपछि लुम्बीनी मेडिकल कलेड प्रभास पाल्पामा लगेर सुत्केरी गराउनु परेको उहाँले दुखेसो गर्नुभयो । १६ गते बेलुकी सिताले छोरी जन्माउनुभएको छ ।

स्वास्थ्य सामाग्रीको अभावले हो : स्वास्थ्य चौकी प्रमुख

यस विषयमा बुझ्दा वामी स्वास्थ्य चौकीका प्रमुख त्रिविक्रम केसीले उहाँको उपचार नगर्ने नियतले नभई कोरोनाको बढ्दो जोखिम र स्वास्थ्य चौकीमा प्रयाप्त स्वास्थ्य सामाग्री पीपीई लगायतका सामाग्रीको अभाव भएकाले उहाँलाई यस्तो आग्रह गरिएको बताउनुभयो ।

उहाँको परिवारमा एकजना भारतबाट आउनुभएको रहेछ स्वास्थ्य चौकीमा पनि कोरोनासगं सम्बन्धित विरामी आउने भएकाले जोखिम नहोस भनेर स्वास्थ्य चौकीमा नल्याउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित