कञ्चनपुरका संक्रमित युवासंगै आएका बागलुङका ८ जना

कञ्चनपुरका संक्रमित युवासंगै आएका बागलुङका ८ जना

Badigad Online
1 Min Read

बागलुङ, २३ चैत – कोरोना भाईरसका नवौँ संक्रमित कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषसँगै नेपाल आएका बागलुङका ८ युवामध्ये ४ जना बरेङ गाउँपालिकाले बनाएको ‘बरेङ क्वारेन्टाइनमा’ रहेका छन् । उनीहरु मध्ये बाँकी चार जना रुपन्देहीको बास्गडीमा रहेको बताईएको छ ।

कञ्चनपुरका युवामा शनिवार कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँगै ४८ घण्टासम्म सँगै बसेर नेपाल भित्रिएकाहरुको खोजी सुरु भएको थियो । उनीसँगै आएका बागलुङ बरेङ गाउँपालिका स्थायी घर भइ बाँस्गडी रुपन्देही बस्ने चार जना र बरेङ गाउँपालिकामानै बस्ने चार जना रहेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

बुटवलको बाटो हुँदै बरेङ आईपुगेका चारै जना युवाहरु एक हप्ता अघि देखिनै बरेङ गाउँपालिकाले बरेङ –२ मा बनाएको सर्वोदय माविको क्वारेन्टाईनमा राखेको छ । बाँसगडीमा रहेका युवाहरु पनि क्वारेन्टाईनमानै रहेको जानकारी प्राप्त भएको अध्यक्ष शर्माले बताउनुभएको ढोरपाटन दैनिकले लेखेको छ ।

कञ्चनपुरका युवामा संक्रमण देखिएपछि सोधीखोजी गर्दा ४८ घण्टा सिमानामा कुरेर गौरिफन्टा नाकाबाट नेपाल आएको क्वारेन्टाइन रहेका युवाहरुले बताएका छन् । नेपाल आएपछि बागलुङ भित्रिएको जानकारी पाए लगत्तै गाउँपालिकाले क्वारेन्टाईनमा राखेको थियो । बाँसगडी र बरेङमा रहेका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष शर्माले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित