मुसिकोट ७ वडा कार्यालयले प्रारम्भिक चरणको राहत वितरण सक्यो

मुसिकोट ७ वडा कार्यालयले प्रारम्भिक चरणको राहत वितरण सक्यो

Badigad Online
2 Min Read

विष्णु प्रसाद आचार्य,चैत्र २३ गुल्मी । मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सारले पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेको जनाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सक्रंमणको सतर्कता स्वरुप नेपाल सरकारले जारी गरेका लकडाउनका कारण प्रभावित बनेका वडा भित्र रहेका १ सय ९७ घरधुरीलाई प्रारम्भिक चरणको राहत वितरण सम्पन्न गरिएको कम्प्यूटर अपरेटर गोविन्द कडेंलले जानकारी दिनुभएको छ ।

पहिलो दिन वामी पल्टारमा १ सय १ घरधुरीलाई राहत वितरण गरिएकोमा दोस्रो दिन आईतबार काफलटोला, सेरा र परुवा, तिम्लेचौर, ईस्मालिथान र टारका ६९ घरधुरीलाई राहत वितरण गरिएको कडेंलले जानकारी दिनुभयो ।

यो सगैं प्रारम्भिक चरणको राहत वितरण कार्यक्रम सम्पन्न भएको र अव आवश्यकताका आधारमा राहत वितरण गरिने वडाध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ ।

राहत वितरण सर्वदलीय, सर्वपक्षीयको निगरानीमा वडाभित्र रहेको २१ सदस्यीय कोरोना नियन्त्रण समन्वय समिति मार्फत गरिएको वडाध्यक्ष काफ्लेले बताउनुभयो । राहत वितरण कार्यक्रम न्याय सगंत होस भनेर सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि र स्थानीयको रोहवरमा गरिएको उहाँको भनाई छ ।

घरमा उत्पादन भएको खाद्यान्नले १ महिना पनि खान नपुग्ने, परिवारको सबै सदस्य बेरोजगारी भएको अर्थात नियमित आम्दानी हुने कुनै माध्यम नभएको, र ज्यादै न्यून स्तर भएका र कम्तीमा दुई छाक खाना खान समेत नसक्ने तथा ३ रोपनी भन्दा कम जग्गा भएका व्यक्तिहरुको विवरण सकंलन गरी विवाद सिर्जना नहोस भनेर सामाजिक न्यायका हिसाबले राहत वितरण गरिएको बताईएको छ ।
नगरपालिकाले त्यस्ता परिवारका लागि २५ केजी चामल, २ किलोग्राम दाल, १ प्याकेट नुन, १ लिटर खाने तेल र २ वटा साबुन लगायतका अत्यावश्यकीय सामाग्री राहत स्वरुप उपलब्ध गराउन लागेको छ ।

नगरपालिकाको बिहिवारको बैठकले लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी गर्नेहरु बढी प्रभावित बनेको भन्दै उनीहरुको सहज जीवन यापनका लागि राहत वितरण गर्न राहत कार्यवितरण कार्यविधि पारित गरेको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित