ट्रकमा रातारात गाउँ आउन थाले मान्छे,हाँडीखोलामा थालियो गोस्ती

ट्रकमा रातारात गाउँ आउन थाले मान्छे,हाँडीखोलामा थालियो गोस्ती

Badigad Online
2 Min Read

सागर भण्डारी, चैत्र २३ बाग्लुङ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को सक्रंमण बढेसगैं यतिबेला सरकारले लकडाउनको घोषणा गरेको छ ।

लकडाउनका कारण अत्यावश्यकीय क्षेत्र बाहेक अन्य सबै क्षेत्र ठप्प छन् । यातायात, उद्योगधन्दा, पसल व्यवसायहरु सबै बन्द छन् । आईतबार मात्रै सरकारले लकडाउनलाई अझै कडा बनाउने निर्णय गरेर एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्ला बाट अर्को जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमा जान निषेध गरेको छ ।

यातायात सेवा ठप्प भएपछि यतिबेला यात्रुहरु अलपत्र परेका छन् । भारतबाट हिँड्दै भएपनि बुटबलसम्म आउने र त्यसपछि खाद्यान्न ढुवानी गर्ने ट्रकमा लुकिछिपी गाउँमा आउने गरेको खबर आएपछि बाग्लुङ र गुल्मीको सिमाना हाँडिखोलामा गस्ती थालिएको छ ।यो नाका बाग्लुङका पश्चिम क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका हो । ट्रकमा रातारात मान्छेहरु गाउँमा प्रवेश गर्न थालेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि लगायत स्थानीय युवाहरु मिलेर गोस्ती थालिएको बडीगाड डोजोका अध्यक्ष राजन पाईजाले जानकारी दिनुभयो ।

गाउँमा केही मान्छेहरु नयाँ आएको र उनीहरुलाई सोध्दा ट्रकबाट राती आएको भन्ने खबर सुनेपछि गोस्ती थालिएको उहाँले बताउनुभयो । हिँजो अस्ती केही मान्छेहरु राति ट्रकबाट छिरेको भन्ने खबर आएको छ थप जोखिम ननिम्तियोस भनेर गोस्ती थालिएको उहाँको भनाई छ ।

गोस्तीमा ईलाका प्रहरी कार्यालय भिमगिठेका हवल्दार युगल श्रेष्ठ, खर्बाङ प्रहरी चौकीका प्रमुख गुरुप्रसाद न्यौपाने,ग्वालिचौर प्रहरी चौकीका मोहन दर्लामी, स्थानीय हिरा बहादुर काउचा, गोकुल घर्ती लगायतले गोस्ती थालेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित