रातारात ट्रकमा भैरहवा जाँदै गरेका १० जना खर्बाङ प्रहरीको नियन्त्रणमा

रातारात ट्रकमा भैरहवा जाँदै गरेका १० जना खर्बाङ प्रहरीको नियन्त्रणमा

Badigad Online
1 Min Read

सागर भण्डारी, चैत्र २३ गुल्मी । खाद्यान्न बोक्ने ट्रकमा लुकिछिपी हिँडेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाईरसको जोखिम बडेसगैं सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान निषेध गरेको अवस्थामा लुकिछिपी ट्रकमा यात्रा गर्दै गरेकालाई प्रहरीले बाग्लुङ र गुल्मीको सिमाना हाँडीखोलाबाट नियन्त्रणमा लिएको हो ।

बुर्तिबाङबाट बुटवलतर्फ खाद्यान्न ढुवानीका लागि जाँदै गरेको ना ५ ख ७५०१ नम्बरको ट्रकमा भैरहवा जान हिँडेका उनीहरुलाई ट्रकसगैं नियन्त्रणमा लिईएको खर्बाङ प्रहरी चौकीका प्रमुख गुरुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

बाग्लुङका पश्चिम क्षेत्रमा प्रवेश गर्ने मूख्य नाका हाँडीखोलाबाट ट्रकमा मानिसहरु रातारात भित्रिने गरेको खबर पाएपछि सुरक्षाकर्मी, बडीगाड गाउँपालिकाका जनप्रतिनिधि लगायत स्थानीय युवाहरुले गोस्ती थालेका थिए । गोस्ती थालेको केही बेरमै बुटबल जाँदै गरेको ट्रकमा उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ यात्रुहरुलाई भने बडीगाड गाउँपालिकाले जिल्ला विकास समितिको हलमा निर्माण गरेको क्वारेन्टाईनमा राख्ने तैयारी भएको उहाँले बताउनुभयो ।

कोरोनाको बढ्दो जोखिमलाई न्यूनिकरण गर्न सरकारले विभिन्न योजनाहरु अगाडी सारेपनि स्थानीय निकायहरुमा भने लापर्वाही देखिएको छ । अन्य सवारी साधनहरु आवतजावतमा रोक लगाएको सरकारले खाद्यान्न ढुवानी गर्ने गाडीहरुलाई भने छुट् दिएको छ । तर यही मौका छोपेर ट्रकहरुले जोखिमको ख्यालनै नगरी मानिस ओसार पसार गर्ने गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित